काठमाडौं । गायिका कम मोडल ज्यादा लाग्ने स्टाइलिस गायिका इन्दिरा जोशीको पिछा लाग्ने कति छन् ? यसबारेमा स्वयम् इन्दिरा आफैं अनभिज्ञ छिन् । शायद गनिसाध्य नभएर पनि होला । उनका कति फ्यान स्वरका प्रशंसक छन् त कति उनको चट्ट परेको शरीर र मस्त यौवनको । यसलाई उनी अस्वभाविक मान्दिनन् र भन्छिन्– म पनि साधारण युवती हूँ,त्यसैले केटाहरु मेरो पिछा लाग्नुलाई कसरी अस्वभाविक मान्नु ?
स्वर र रुप यौवनले धेरैको निन्द्रा हराम पार्ने इन्दिरा चाहिं कस्तो जीवन साथीको खोजीमा छिन् त ? यो उनलाई सयौं पटक सोधिएको प्रश्न हो । त्यति नै पटक जवाफ दिए पनि अझै यो प्रश्न सोध्नेको कमी छैन । त्यसैले उनले एउटा गजबको आइडिया निकालेकी छिन् । अर्थात यस्ता प्रश्नहरुको जवाफ दिन उनले एउटा सिंगो गीत र त्यसको म्यूजिक भिडियो नै तयार पारेकी छिन् । उक्त गीतमा इन्दिराले आफ्नो ड्रिम व्वाई कस्तो हुनुपर्छ भनेर वर्णन गरेकी छिन् ।
उनको गीतका शब्दलाई आधार मान्ने हो भने इन्दिराको हुनेवाला जीवनसाथी अग्लो,होचो,कालो,गोरो,चुच्चे अथवा थेप्चो जस्तो भए पनि हुन्छ तर उनले एउटा शर्त पनि राखेकी छिन् । त्यो हो उनीसँग विवाह गर्न चाहनेले दाइजोको भने अपेक्षा गर्न पाइनेछैन । अर्थात दाइजो लिनेसँग कुनै पनि हालतमा आफू नजाने इन्दिराले स्पष्ट पारेकी छिन् । कल्याण सिंहको शब्द र संगीत रहेको दाइजो प्रथा विरुद्धको यो गीत इन्दिराले आफ्नो नयाँ एल्बम डान्स वीथ मी टु का लागि तयार पारेकी हुन् । गीतबाट मनोरञ्जन र सन्देश एकैपटक पाइने भएर होला इन्दिराको यो गीत बजारमा नआउँदै हिट भइसकेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment