स्वस्थानी सांगेका दिन शाली नदीमा नाग निस्किएपछि

काठमाडौं : श्री स्वस्थानी व्रत तथा पूजा विसर्जन गर्न शाली नदीमा आएका व्रतालुहरु पूजाको सांगेका दिन नदी किनारमा 'नाग' देखिएपछि अचम्भित थिए। कोही नागलाई दूध चढाउँदै थिए, कोही पैसा त कोही दही अर्पण गर्दै। शाली नदी किनारमा रहेको एउटा रुखको फेदमा दुईओटा 'नाग' सल्बलाइरहेका थिए। व्रतालुहरु नैवैद्य, फूल र अक्षेता चढाइरहेका थिए।


शाली नदीमै भेटिएका एक पूजारीका अनुसार सांगेको दिन अर्थात माघ शूक्ल पूर्णिमाका दिन साँझ ४ बजेदेखि नाग देखा परेका थिए। 'हामीले टाउको देख्ने बित्तिकै बाटो छोडिदियौँ', उनले भने, 'आजसम्म देखेका थिएनौँ। के हो थाहा छैन।' पूजा गर्न आएकी एक वृद्धाले कलियुगमा नाग देवता उत्पन्न भएको भन्दै देशमा शान्ति आओस् भन्ने कामना गरिन्। हिन्दुहरुले भगवान शिवको पूजा आराधानासहित पुस शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म (एक महिना) श्री स्वस्थानी व्रतकथा पाठ गर्छन्। काठमाडौंको पूर्वमा रहेको साँखुस्थित शालीनदीको वर्णन एक महिनासम्म पाठ गर्ने श्री स्वस्थानी व्रतकथामा गरिएको छ। हिन्दुहरु शाली नदीलाई पवित्र तीर्थस्थल मान्छन्। कथामा शाली नदी क्षेत्रलाई लावण्य देश भनि वर्णन गरिएको छ।



लावण्य देशका राजा नवराजकी पत्नी चन्द्रवती हावाहुरीले शाली नदीको पुल भाँचिएर नदीमा खसेको र पछि स्वस्थानीको व्रतपछि लामो समयदेखि बिछोडिएका पतिसँग पुनर्मिलन भएको कथामा वर्णन छ। उनले नदीमा अर्पण गरेको फूलप्रसादका कारण बिछोडिएका नाग र नागिनीको पनि भेट भएको र नागनागिनीले हाम्रो भेट गराइदिनेको पनि बिछोड नहोस्/बिछोड भएको भए पनि मिलन होस् भनेर आशिर्वाद दिएपछि नवराज र चन्द्रवतीको पुनर्मिलन भएको कथामा उल्लेख छ।

कथामा वर्णन भएजस्तै शालीनदीमा राजा नवराजको जन्मस्थल, गोमा ब्रम्हाणीको कुटी र नवराजकी पत्नी चन्द्रवतीले पूजा गरिरहेको प्रतिमा बनाइएको थियो। श्री स्वस्थानी व्रत कथाका अध्यायहरुमा विभिन्न नाग र नागलोकको वर्णन पनि छ। नागको लोकलाई स्वस्थानीमा 'रसातल' भनिएको छ। 'सूर्यको जस्तो जाज्वल्यमान तेज भएको, अनेकौं रत्नहरु जडिएर निर्माण गरिएको,  सुवर्ण नै सुवर्णले बनेको' यो लोकमा 'शेष नाग, तक्षक नाग, कर्कोटक नाग, पद्य नाग, शङ्खपाल नाग, कुलिक नाग, वरुण नाग लगायतका नागदेवता रहेको' उल्लेख छ।


 शाली नदी नजिकै एक व्रतालु महिला कामिरहेकी थिइन्। वरपरका मानिसहरु उनलाई देवता लागेको भन्दै थिए।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget