ओलीको दिमाग ठिक छैन, राँची पठाउनु पर्छः महतो



सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले अध्यक्ष केपी शर्मा ओलीको मानसिक स्थिति राम्रो नभएको गम्भिर टिप्पणी गरेका छन् । ओलीको मानसिक अवस्था सन्तुलित नभएका कारण विवादित कुराहरु बोल्दै आएको उनको टिप्पणी छ ।



जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले बौलाहाहरुको उपचार भारतको राँचीमा हुने भन्दै ओलीलाई राँची पठाउन समेत सुझाव दिए ।

केपी ओली मधेश विरोधी रहेको आरोप लगाउँदै उनले मधेश र मधेशीको अपमान गर्ने खालको कसैले कार्य गरे सद्भावना त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिए ।

सहमतिको आधारमा संविधान बनाउन तयार नभए सम्म आफूहरु कांग्रेस एमालेसँग वार्तामा नबस्ने समेत उनले बताएका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget