अव बच्चा जन्माउन १ पुरुषलाई २ महिला

एजेन्सी ।

बेलायतमा एक एतिहासिक फैसलाले प्रजनन प्रणालीमै नयाँ अभ्यास शुरु हुने मार्ग प्रसस्त भएको छ । अव बेलायतमा ३ ब्यक्तिको डीएनएबाट ‘IVF बेबी’ लाई जन्म दिन सकिने छ । बेलायतको तल्लो सदन हाउस अफ कामन्सले यस्तो कानून पारित गरेपछि अव बेलायतमा अनौठो प्रजनन ब्यवस्था शुरु हुने देखिएको छ ।


बेलायतको मौजुदा आइवीएफ सम्बन्धि कानूनमा परिवर्तन गर्नका लागि बेलायती संसदको तल्लो सदनमा मतदान भएको हो । गरमागरम बहसपछि यसको पक्षमा ३८२ जनाले यसको पक्षमा मतदान गरे भने अन्य १२८ ले यसको विरोध गरे ।

योसँग बेलायत संसारकै पहिलो यस्तो राष्ट्र बनेको छ जहाँ आमा बाबु मात्र नभएर अन्य एक महिलाको डिएनए समेत लिएर बच्चा जन्माउने कानूनी अधिकार मानिसहरुले पाउने छन् ।

माइटोकोन्ड्रियल डीएनए (एम- डीएनए) डोनेसन प्रविधीबाट एक बच्चा जन्माउन ३ जनाको भूमिका हुनेछ । यस्तो गर्दा आमा र बाबुको डिएनएबाट अन्य महिलाको शरीर प्रयोग गरेर बच्चा जन्माउन सकिन्छ ।
यो प्रविधीले आमा बाबुले यौनिक संसर्गबाट बच्चा जन्माउने परंपरागत प्रजनन प्रणालीलाई प्रश्न चिन्ह लगाइदिने भन्दै कतिपयले चिन्ता ब्यक्त गरेका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget