फेसबुक प्रयोगकर्तालाई भ्यालेन्टाइनमा खुसीको खबर

एजेन्सी । भ्यालेन्टाईन डे मा प्रेम कल गर्नेहरुलाई मद्दत गर्नेका लागि एक स्मार्ट एप आएको छ । वाट्सएपले भ्वाइस फ्रि कलिङको घोषणा गरेपछि फेसबुकले पनि फ्रि कलिङको घोषणा गरेको हो ।
केही अन्य एप्लिकेशन छन् जसलाई सिधैं डाउनलोड गरेर फ्रिकलसहित अनलिमिटेड म्यासेज र भिडियो च्याटिङ गर्न सकिन्छ । यसमा मात्र इन्टरनेट डाटा प्याकको मात्रै खर्च लाग्नेछ ।
यस्तै फेसबुक म्यासेन्जरका माध्यमबाट फ्रिकल गर्न सकिनेछ । तर, उक्त व्यक्ति तपाईको फेसबुकमा साथी भएको हुनुपर्नेछ ।
भिओआईपी प्रविधिको प्रयोगबाट फ्रि भ्वाईस कलिङ एप्लिकेशनमा भ्वाईस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) को प्रयोग हुन्छ ।
यसमा स्काईपीजस्तै भिडियो कलिङ र च्याटिङ हुन्छ । फेसबुकबाट भने केवल भ्वाईस कलिङ गर्न सकिन्छ ।

यी एपबाट गर्नुहोस् फ्रिकल
भाइबरः भाइबर एपले फ्रि भ्वाईस कलिङको सुविधा दिएको छ । यो एपले आइओएस र एण्डोइड प्लेटफर्ममा काम गर्छ । फ्रि कलिङ, म्यासेज, फोटो, भिडियो र स्थानसमेत शेयर गर्न सकिन्छ । यसमा अहिले भ्यालेन्टाईन स्टीकर्सको समेत सुविधा दिएको छ ।
बीच्याटः केही भाषामा मात्रै पाईने यो एपबाट पनि कल गर्न सकिन्छ । यसमा भिडियो कलिङ, ग्रुप च्याट गर्न सकिन्छ । विभिन्न फिरहरुको माध्यमबाट तपाई आफ्नो आसपासका मानिसहरुसँग समेत जोडिन सक्नुहुन्छ ।
गुगल ह्याङआउटः योङस्टारहरुले भ्वाईस टक गर्ने एप गुगल ह्याङआउट हो । यसबाट साधारण म्यासेज समेत गर्न सकिन्छ । तर, यो भ्वाईस टकको मजा लिन उपयुक्त हुन्छ । यसबाट तपाई सजिलै ग्रुप भ्वाईस टकपनि गर्न सक्नुहुन्छ ।
लाईनः यस एपबाट साथीलाई जहिले जहाँ पनि म्यासेज गर्न सक्नुहुनेछ । यो एपले भ्वाईस र भिडियो कल फिचर पनि दिन्छ । यसबाट ग्रुप च्याट पनि गर्न सकिन्छ भने १० हजार स्टिकर्स दिएको छ ।
बक्सफोनः यसमा फ्रिकल वा म्यासेजको सुविधा छ । यसमा तपाई अन्तराष्ट्रिय कल र म्यासेज गर्न सक्नुहुन्छ । बक्सफोनबाट तपाई कम्प्युटर या स्मार्टफोनमा फ्रि च्याछ गर्न सकिन्छ ।
निम्बुजः फ्रि अनलिमिटेड कल र म्यासेजको मजा लिनका लागि निम्बुज म्यासेन्जर हो । यसबाट तपाई सस्तो इन्टरनेट कल गर्न सक्नुहुन्छ । एन्ड्रोइड, आइफोन र ब्ल्याकबेरीमा यो एपले काम गर्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget