एजेन्सी । प्रत्येक वर्षको ४ फेब्रुअरीमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरका कारण हरेक वर्ष लाखौं मानिसहरुको मृत्यु हुने गरेको छ ।
हरेक प्रयासकाबीच पनि क्यान्सर रोगीको संख्यामा कमी नभएपछि विश्व स्वास्थ्य संगठनले हरेक वर्ष ४ फेब्रुअरीमा जनचेतना जगाउने उद्देश्यले विश्व क्यान्सर दिवस मनाउने गरेको छ ।
सन् २०३० सम्म विश्वमा क्यान्सर रोगीको संख्या १ करोड नाघ्ने अनुमान छ । यसबाट संसारका थुप्रै कलाकार सेलिब्रेटीहरु पनि अछुतो छैनन् । त्यस्तो केही उदाहरण यी हुन् ।
एन्जेलिना जोली
क्यान्सर हुनुभन्दा पहिले यसबाट बच्ने उपाय लगाउने सर्वश्रेष्ठ उदाहरण हलिउड अभिनेत्री एन्जेलिना जोली हुन् । उनले क्यान्सरबाट बच्नका लागि आफ्नो स्तन नै फालेकी थिइन् । उनको घरमा क्यान्सर रोग वंशाणुगत नै हो ।
युवराज सिंह
भारतीय क्रिकेटर युवराज सिंहलाई सन् २०११ मा फोक्सोमा क्यान्सरको ट्युमर पत्ता लागेको थियो । उनी लामो समय अमेरिकामा उपचार गरेर सन् २०१२ मा भारत फर्किएका थिए । यस्तै अभिनेत्री मनिषा कोइराला, लीजा रे लगायतले पनि क्यान्सर रोग जितेका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment