ओली एक महिनाको खर्चः खाजामा ४ लाख, हवाई टिकटमा २६ लाख


काठमाडौं । केपी ओली प्रधानमन्त्री भएको आज एक महिना सात दिन भएको छ । यो अवधिमा तराई मधेशको आन्दोलन समाधान हुने तथा नाकाबन्दी खुकुलो हुने कुनै संकेत देखा परेको छैन् । नकाबन्दी र तराई मधेशको आन्दोलनका कारण पेट्रोलिय पदार्थको अभावमा आम नागरिक छटपटीरहेको अबस्था छ । तर यही अवधी प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा खाजा खर्चबापत राज्यकोषको झण्डै चार लाख खर्च भएको छ भने हवाई टिकटमा झण्डै २६ लाख खर्च गरेका छन् ।


सरकारमा ६ जना उपप्रधानमन्त्री बनाएर किर्तिमान बनाएको प्रधानमन्त्री ओलीले कार्तिक ३० गतेको  मितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भुक्तानीका लागि साँढे ३० लाखको बिल पेश गरेका छन् । प्रधानमन्त्री कार्यालयको वेभसाईटमा उल्लेख भएअनुसार वालुवाटारमा भएका बिभिन्न बैठकको खाजा खर्च भन्दै अनमोल क्याटरिङ सर्भिस प्रालीले भुक्तानी  पाउने गरि ३ लाख ६२ हजार ८ सय ९९ रुपैयाको बील कार्तिक ३० गतेको मितिमा पेश भएको छ ।

यसैगरि हवाई टिकट बापत सुरुची ट्राभल्स एण्ड टुर्स प्रालिले भुक्तानी पाउने गरि २५ लाख ८२ हजार २ सय ३३ रुपैयाको बिल पेश भएको छ । त्यस्तै सुचना  प्रकाशन भए बापत भन्दै एसपी मिडिया प्रालिले भुक्तानी पाउने गरि ५६ हजार ८ सय ७० रुपैयाको बील पेश भएको छ ।

देशान्तर साप्ताहिक  बाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget