विराटनगर नाकामा आँखा लाग्यो राजेन्द्र महतोको, नाका ठप्प पार्ने यस्तो छ योजना

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको त्रिपक्षीय बैठक बहिष्कार गर्दै मधेसी मोर्चाका दुई शीर्ष नेता बिराटनगरमा आन्दोलनलाई झन् चर्काउने रणनीति बनाउंदै छन् ।
बिराटनगरमा विरोधसभामा सहभागी हुन आईपुगेका मोर्चाका तीन जना शीर्ष नेताले प्रधानमन्त्री ओलीको बैठक निम्तोलाई अस्वीकार गर्दै यस क्षेत्रमा आन्दोलन चर्काउने डिजाइन बनाई रहेका छन् ।
बालुवाटारमा सरकार, सत्तारूढ गठबन्धन, प्रतिपक्षी दल र आन्दोलनरत मधेशी मोर्चाबीच सहमति खोज्न निर्णायक बैठक भई रहँदा त्यही समय बिराटनगरमा बसेर राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवले जोगबनी नाका ठप्प पार्ने योजना बनाएका हुन् । बिराटनगरमा आफ्नै निजी निवासमा बैठक बोलाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंको बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी आफ्ना उपाध्यक्ष लालबाबू राउतलाई कुनै सहमति समझौता बारे केही नबोल्न निर्देशन दिएका थिए ।
मोर्चाको बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब बिराटनगर–जोगबनी नाका ठप्प पार्ने योजना राखेका छन् । पछिल्लो ६७ दिनदेखि बीरगञ्ज नाका पूर्ण रूपले ठप्प पारेका महतोको ध्यान अब बिराटनगर नाकामा परेको हो । आईतबार बिराटनगर पुगेका महतो प्रहरीको आँखा छल्दै केही बेर नाका वारि पारी पनि गएर वस्तु स्थिति बुझेका थिए । जोगबनी समेत पुगेका महतोले बिरगञ्ज जस्तै त्यहाँपनि मेस चलाएर नाकाबन्दी गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार बिराटनगर नाका ठप्प पार्न राजेन्द्र महतो आईतबार देखिनै नाका वरिपरि रहेका रानी क्षेत्रका मधेसी जनताको घर दैलो गई नाकाबन्दीमा आउन अपील गरेका थिए । सोमबार पनि महतो बिराटनगरमा रहेको मधेस बहुल क्षेत्रमा सभा गर्दै नाकाबन्दी सफल गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।
बालुवाटार बैठकलाई खासै महत्व नदिएका राजेन्द्र, उपेन्द्र र महेन्द्रले मोर्चा बैठक पछि आफ्ना जिल्लाका संयुक्त कार्यकर्ता बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिराटनगर–जोगबनी नाका ठप्प पार्न मोर्चाका शीर्ष नेताले मोरङ बाहेकका झापा, सुनसरी र सिरहाबाट पनि हजारौं कार्यकर्ता बिराटनगर ल्याउने योजना रहेको बुझिएको छ । यसको लागि राजेन्द्र महतोले मोरङ, सुनसरी, झापा र सप्तरीमा गाउँ–गाउँमा सभा गर्दैछन् ।
यसअघि मोर्चाले विराटनगर नाकाबाट औषधि आउन दिने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो । जून अहिले कुल्चेर अघि बढीरहेका छन् ।dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget