काठमाडौँ, १३ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध स्वरूप आज
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार नेपाल बन्दको घोषणा गरेको छ ।
माओवादीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘राष्ट्रको सार्वभौमिकता र हाम्रो जनताको स्वतन्त्रता एवम् बाच्न पाउने आधारभूत मानवअधिकारमाथि भारतले नाकाबन्दी गरेर मानवता विरोधी गतिविधि गरेको छ ।’
त्यसको विरोधमा हामीले आइतबार नेपाल बन्दको आव्हन गरेका हौँ । उक्त पार्टीले करिब दुई महिनादेखि तराईमा भएको बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्याप्रति चिन्ता व्यक्त गरेको छ ।
“देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियतामाथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको सङ्कटको भूमरीमा पारिएको छ”। हस्तक्षेपको प्रतिवाद गर्दै वैकल्पिक आपूर्ति व्यवस्था र दीर्घकालीन आन्तरिक व्यवस्थापनको दृष्टिकोण एवम् योजना बनाउनुपर्ने सो पार्टीको भनाइ छ ।
etajakhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.