लक्ष्मी पुजाको दिन। बिहानदेखि सरसफाई गरेकाले वरपर सफा भएको थियो। सबैजना लक्ष्मी पुजाको तयारी गर्दै थिए। बेलुकाको सात बजे हामी पनि लक्ष्मीपूजाको तयारी गर्दै थियौं।
ग्यास ल्याइदिने गाडीको चालकले ग्यास कलंकीको काउन्टरमा राखिदिएको र गाडी हतार भएकोले फर्किसकेको जानकारी गरायो साँझ परिसकेको हुनाले काउन्टर बन्द हुन्छ कि भन्ने कुरा मनमा खेली रहेको थियो।
ग्यालेनमा ५ लिटर पेट्रोल राखेको थियो कोठा भित्र खतरा हुन्छ भनेर प्यासेजको बाहिर आएर पेट्रोल खन्याउन थाले। जसमध्ये १ लिटर पेट्रोल स्कुटरमा हाल्नको लागि ग्यालेनबाट सोली बोतलमा राखें।
लक्ष्मीपूजाको दिन भएकोले घरमा भित्र बाहिर बत्ती बालिएको थियो। बिस्तारै ग्यालेनबाट पेट्रोल निकाले सोलीबाट बिस्तारै पेट्रोल बोतलमा खन्याउदै थिएँ निकै सजक बनेर।
बोतल आधा जति भरिएको थियो म त्यहि बोतल भरिएर पोखिन्छ कि भन्ने डरले बोतलमा नै हेर्दै थिए एक्कासी मेरो हातमा आगोको मुस्लो आयो मलाई थाहाभएन कसले हान्यो या कसैले मलाई जलाउन खोज्यो मैले पत्तै पाइनँ। आगो यति ठूलो थियो कि जीवनमा कहिल्यै यति ठूलो आगो लागेको देखेको थिएन मैले सोचेकी पनि थिएन कि पेट्रोलले यति टाढाको आगोलाई समाउँछ भनेर।
भित्रबाट सबै जना बाहिर आए। मेरो आँखाको परेला र आँखीभौं सबै जलेछ भाग्यवस मेरो कपालमा आगोले भेट्न सकेन। छिमेकी घरबेटी सबैजना चिच्याउन थाले। हामी बसेको कोठा पहिलो तलामा थियो प्यासेजमा आगो लागेको हुनाले घरबेटी मुनि आउन सक्ने अवस्था थिएन। घरबेटी बा माथिबाट चिच्याउन थाले आगो प्यासेजमा लागेको हुनाले हामी कोठाबाट निस्कन सकेनौ।
मुनिबाट सबै जना पानी हाल पानी हाल भन्दै कराउँदै थए तर भाइले पनि हाल्दा झन् खतरा हुन्छ भनेपछि पानी हालेनौं।
आगो निकै भयावह भएपछि भुइँ तलाबाट छिमेकीले नै पानी माथितिर फाल्न थाले। आगो झन्झन् बल्न थाल्यो। मलाई थाहा थिएन पेट्रोलको आगोमा पानी किन हाल्नुहुन्नरु पानीको मिश्रणले पेट्रोल पानीभन्दा हलुका हुने र पानीले झन् बग्न मद्धत गर्ने भएकाले पेट्रोल चारै तिर फैलिएर बल्दो रहेछ।
पानी सहितको पेट्रोल हाम्रो कोठातिर पस्ने प्रयास गर्दै थियो। मलाई अब चाँही हामी कोही पनि बाँच्दैनौ भन्ने लागेको थियो तर यस्तो भएन बिस्तारै आगो सानो हुँदै गयो।
बाहिर धेरै जना भेला भएका थिए। प्रहरीहरु पनि आइ पुगेछन्। प्रहरीले हामीलाई सामान्य केरा कार गरे अनि जानकारी लिएर सतर्क हुन र अबदेखि यस्तो काममा सहज हुन आग्रह गर्दै त्यहाँ गए घरबेटी को माथिल्लो तला जाने बाटो मा ग्रिल लगाएको थियो आगोको रापले ग्रिल निक्कै तातेको रहेछ बिजुलीको सवमिटर प्लास्टिक बत्ती जलेर नष्ट भएछन्।
एकछिनपछि घरबेटी आमै माथि गइन्। सबैको घर घरमा लक्ष्मीको पुजा चलिरहेको थियो तर हाम्रो घरमा भने लक्ष्मी पुजाको कुनै उत्साह थिएन। जसोतसो हामीले पनि लक्ष्मी पुजा गर्यौ।
यस्तो समस्या मेरो मात्र नभएर आज सबैजनाको साझा समस्या भएको छ। खुला पेट्रोलको व्यवस्थापन हामीले सजक भएनौं भने यस्ता किसिमका घटना घट्न सक्छन्। अनि ज्यान समेत जान सक्छ। आजकल सबै डेरा बस्ने होस् या घरबेटी सबैले पेट्रोल राख्न थालेका छन्।
हामीले पेट्रोललाई जथाभाबी राख्यौं भने म परेजस्तै दुर्घटनामा पर्न सक्छौ। सम्भव भएसम्म पेट्रोल ग्यालेन या बोतलमा नराखौं। सवारीको ट्यांकीमा नै हाल्ने गरौं। यदि राख्नै पर्नेभयो भने भाडाको मुख राम्ररी बन्द गरेर आगोको पहुँचभन्दा टाढा राखौं। हाम्रो सानो सावधानी ठूलो जनधनको क्षति हुनबाट जोगिन सक्छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.