चितवन, मंसिर १२ । सरकार र आन्दोलनरत मधेसी दललाई वार्ता र संवादबाट सहमति खोज्न दबाब दिँदै शनिबार चितवनमा र्याली निकालिएको छ ।
मधेस आन्दोलनका कारण देश झन गम्भीर अवस्थातर्फ धकेलिएको भन्दै चितवनका स्वास्थ्यकर्मीको पहलमा भरतपुरमा बृहत दबाब र्याली निकालिएको हो ।
भरतपुर अस्पताल परिसरबाट सुरु भएको र्याली नारायणगको पुल्चोकमा पुगेर समापन भएको थियो ।
नेपाल चिकित्सक संघ चितवन शाखा, पापड चितवन र नागरिक समाज चितवनको संयुक्त आयोजनामा भएको र्यालीमा ठूलो संख्यामा सर्वसाधारणसमेत सहभागी भएका थिए ।
यसैबीच, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दीको विरोध गर्दै शनिबारै चितवनको नारायणगढमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ ।
भरतपुरको चौविसकोठी चोकबाट सुरु भएको प्रदर्शन नारायणगढको पुल्चोकसम्म पुगेको थियो । - See more at: imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.