आन्दोलनका कारण एसएलसी परिक्षा सर्ने


काठमाडाैं मंसिर १३ – मधेसी मोर्चाको जारी आन्दोलनका कारण बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिरहामा गरी करिब १३ लाख विद्यार्थी प्रभावित बनेका छन् ।

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक कृष्ण काप्रीका अनुसार यी जिल्लाबाट झन्डै एक लाखको हाराहारीमा विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुँदै छन् ।

तराईका आठ जिल्लाका सरोकारवालाले एसएलसी परीक्षा केही समय पछि सार्न सुझाब दिएका छन् । हालै महोत्तरीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको शैक्षिक अन्तरक्रियामा धनुषा, महोत्तरी, सर्लाही, बारालगायतबाट उपस्थित शिक्षक संघ–संगठनका प्रतिनिधिले परीक्षा सार्न सुझाब दिएका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एक वर्षको शैक्षिक क्षति हुन नदिने बताएका छन् । ‘युवाहरूको भविष्यसँग गाँसिएको शैक्षिक सत्र परिवर्तन हुँदैन, आन्तरिक रूपमा छलफल गरेर एसएलसीको विषयमा निर्णय हुन्छ,’ उनले भने ।
etajakhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget