राजविराजस्थित गजेन्द्र चोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मृतकहरूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको छ ।
राजविराजबाट सुरु भएको शवयात्रा सिरहाको लहानसम्म पुगेर पुन: सप्तरी फर्किएको थियो । लहानमा करिब १० हजारभन्दा बढी सर्वसाधारणको सहभागिता थियो । सप्तरीको राजविराजबाट सुरु भएको शवयात्रा रूपनी, कल्याणपुर, कदमाहा हुँदै सिरहाको लहान आइपुगेको थियो । उनीहरूको शनिबार राति नै अन्त्येष्टि गरिने रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।
purbelinews
Post a Comment