घरमै बन्छ खाना पकाउने ग्यास
काठमाडौं । भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण अहिले खाना पकाउने ग्यासको हाहाकार हुन थालेको छ । मानिसहरू घरमा चूलो बाल्न वैकल्पिक उपायको खोजीमा छन् । यस्तो अवस्थामा घरमै उत्पादन गर्न सकिने मिनी बायो ग्यास प्लाण्ट निकै उपयोगी विकल्प हुन सक्छ । यो प्लाण्टबाट सानो परिवारका लागि खाना पकाउन पर्याप्त ग्यास उत्पादन गर्न सक्छन् । यसका लागि धेरै खर्च पनि लाग्दैन । तरकारीको बोक्रा, खेर गएको खानालगायत कुहिने वस्तु सङ्कलन गरी ग्यास उत्पादन गरिन्छ । उत्पादित बायो ग्यासमा ‘मिथेन’ र केही मात्रामा कार्बनडाइअक्साइड हुन्छ । त्यसैले, यो ग्यास एलपीजी ग्यासको विकल्पका रूपमा मज्जाले प्रयोग गर्न सकिन्छ । यसो गर्दा घरमा उत्पादित फोहोरको सहज व्यवस्थापनसमेत हुन्छ । साथै, यसबाट उत्पादित अतिरिक्त फोहोर खेतीबालीमा मलको रूपमा प्रयोग गर्न सकिन्छ ।
मिनी बायो ग्यास प्लाण्ट बनाउने विधि
मिनी बायो ग्यास प्लाण्ट निर्माणमा डायजेष्टर ट्याङ्क अर्थात् सानो ड्रम, भान्छाको फोहोर ड्रममा पठाउन इनलेट, ग्यास जम्मा हुने ट्याङ्क, रासायनिक प्रतिक्रियापछि उत्पादित लेदो फाल्न आउटलेट र ग्यास वितरण प्रणाली आवश्यक हुन्छ । यसका लागि धेरै रकम खर्चनुपर्दैन । घर तथा वरिपरि सजिलै पाइने कुहिने अग्र्यानिक वस्तुको प्रयोग गर्न सकिन्छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.