ओलीका दुत भारतमा सक्रिय, नाकाबन्दी खुलाउन उच्च स्तरीय छलफलमा

१३ मंसिर, काठमाडौं ।
साढे दुई महिनासम्म पनि नाकावन्दी नहटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दुतको रुपमा एमाले सचिव प्रदिप ज्ञवाली भारत प्रस्थान गरेका छन् ।
सचिव ज्ञवाली एमााले नेता उदयराज राण्डेका साथ शुक्रबार नै दिल्ली गएका हुन् । तर उनको भारत भ्रमणका एजेण्डा सार्वजनिक गरिएको छैन ।
दिल्लीमा रहँदा ज्ञवालीले भारतीय सत्तारुढ दलका नेताहरुसँग उच्च स्तरिय राजनीतिक भेटघाट बताइएको छ । तर एमाले प्रचार विभाग सचिव सूर्य थापाले भने भेटघाटको कार्यक्रम रहेपछि कहिले को सँग भेट्ने भनेर तय भइनसकेको बताए ।उनले भेटवार्ताका क्रममा भारतले जारी राखेको अघोषित नाकावन्दीका बारेमा नरेन्द्र मोदी नेतृत्वको सरकारको ध्यानाकर्षण गराउने छन् ।

थापाका अनुसार भारतीय कम्युष्टि पार्टीको सेमिनारमा भग लिन ज्ञवाली दिल्ली गएका हुन् । श्रोतका अनुसार ज्ञवालीको भारत भ्रमण पछि नाकावन्दी हट्ने अपेक्षा ओली सरकारले गरेको छ ।
असोज ३ गते संविधान जारी गर्ने तयारी भइरहेका बेला पनि ओलीको विषेश दुतका रुपमा ज्ञवाली गत भर्दौ २९ गते भारतको नयाँ दिल्ली गएका थिए ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget