मधेशी मोर्चाले वीरगंजमा कांग्रेसको र्‍याली विथोलेर झण्डा जलायो

मंसिर १२   |
 वीरगञ्ज–संघीय समावेशी मधेशी मोर्चाले वीरगंजमा शनिवार नेपाली कांग्रेसले निकालेको र्‍याली विथोलेर झण्डा जलाएका छन् ।
कांग्रेस नगरकार्य समितिले पार्टीको झण्डा र ब्यानर सहित मधेश आन्दोलनको समर्थनमा निकालेको र्‍याली विथोल्दै गठबन्धनले झण्डा जलाएको हो । जारी मधेश आन्दोलनमा सहभागि मधेशवादी दलहरुले आ–आफ्नो पार्टीको झण्डा त्यागेर विरोधको कालो झण्डा बोकेको अवस्थामा कांग्रेस झण्डा सहित र्‍याली निकालेर आन्दोलन भाँड्न खोजेको गठबन्धनका नेताहरुले बताएका छन् ।
मधेश विरोधी संविधान जारी गर्ने कांग्रेसले आन्दोलन तुहाउन घुसपैठको रुपमा पार्टीको झण्डा सहित र्‍याली निकालेको गठबन्धनका नेता राजेशमान सिंहले बताए । उनले सााच्चै मधेश आन्दोलनमा सहभागि हुने हो भने नेपाली कांग्रेसबाट राजीनामा दिएर कालो झण्डा समाउन चुनौति दिए ।

त्यस्तै गठबन्धनका अर्का नेता राजकुमार यादवले वीरगंजमा झण्डामात्र जलाईएको तर घुसपैठ नगर्न कडा चेतावनी दिए ।
अर्का नेता शिव पटेलले आन्दोलनमा समर्थन जनाउनु राम्रो पक्ष भएपनि कांग्रेसमा बसेर पार्टीको झण्डा सहित सडकमा देखीनु राम्रो संकेत नभएको दावि गरे ।

माईस्थानमा जम्मा भएका कांग्रेसका नेता कार्यकर्ताहरुले बोकेको झण्डा र ब्यानर खोसेर जलाएपछि गठबन्धनका नेता कार्यकर्ताहरुले नेपाली कांग्रेस मुर्दाबाद, घुसपैठ बन्द गर जस्ता नारा लगाएर नगरको परिक्रमा गरेका थिए । र्‍याली विथोल्न र झण्डा खोसेर जलाउन गठबन्धनका नेताहरु प्रेमबाबु पटेल, मनोज कर्ण, कृष्णा पटेल, जादवलाल साह, नुरआलम अन्सारी, विरेन्द्र यादव, धर्मेन्द्र पटेल, गिता लामा, संगीता तिवारी, ईश्वर यादव, मुस्तकीम अन्सारी, शुशील पटेल, कुन्दन पटेल, रोशन पटेल, वकिल हवारी, लगाएतका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।
sajhapatrika

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget