मंसिर १४, २०७२- भारतीय नाकाबन्दी समस्या समाधानमा नेपालको कुटनीति (डिप्लोमेसी) कमजोर भएको ठहर बेलायती मन्त्रीले गरेका छन् । नाकाबन्दी नभनि बेलायती मन्त्रीहरुले भारतसँगको कमजोर ‘डिप्लोमेसी’ ले समस्या झन् बल्झँदै जाने संकेत पाइएको धारणा व्यक्त गरेका हुन् ।
बेलायती विदेश मन्त्रालय (एफसीओ) को निमन्त्रणामा इन्टरनेशनल लिडर्स प्रोग्राममा लन्डन आएका नेपाल तरुण दल अध्यक्ष एवं सभासद उदय शमशेर राणासँगको भेटमा विदेश राज्यमन्त्रीहरु ह्युगो स्वायर र जेम्स् डड्रिजले नेपालका वरिष्ठ नेताहरु नै भारत सरकारप्रति आक्रामक देखिनु उचित नहुने धारणा राखेका थिए ।
‘छिमेकीसँग त आक्रामक होइन, सम्बन्ध सुधार गर्नेतर्फ लाग्नुपर्छ,' राणाले भेटपछि उनीहरुको भनाइ उधृत गर्दै कान्तिपुरसँग भने, ‘नेपालमा नाकाबन्दीले मानवीय संकट बढेकोप्रति पनि उनीहरुमा गम्भीर चासो देखिन्छ ।’ भेटघाटमा अर्जेन्टिना, चीन, कोलम्बिया, गाना, युगान्डा, भारत, इन्डोनेसिया, इटली, जापान, सर्विया, यूएइ आदि ११ मुलुकका सांसद, मानवअधिकार र एनजिओकर्मीहरुको सहभागिता थियो ।
राणाले बेलायती मन्त्री र सांसदहरुसँगको भेटघाटमा पहिला नेपालको नयाँ संविधानलाई स्वागत गर्ने बेलायतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा भने समावेशी भएन भनेर द्वैध चरित्र प्रस्तुत गरेको टिप्पणी पनि गरेका थिए । ‘नेपालमा राष्ट्रपति र सभामुख महिला छन् । संसदमा ३३ प्रतिशत महिला आरक्षण छ, समानुपातिकमा ४० प्रतिशत । के आधारमा समावेशी भएन ?’ राणाले तर्क गरेका थिए ।
उनले बेलायती प्रधानमन्त्री कार्यालयमा ‘प्राइभेट सेक्रेटेरी अफ फरेन पोलिसी टु द प्राइम मिनिष्टर’ नाइजेल केसे, सुरक्षा सल्लाहकार कर्णेल निक पेरी लगायतसँग पनि भेटेका छन् । राणाले सत्तारुढ कन्जरभेटिभ पार्टीका तीन सांसदहरु जेरेमी लेफ्रोय, केविन फोस्टर र एलेक्स चकलाई समेत भेटेका थिए भने अब सिमा मल्होत्रा, बब ब्ल्याकमेन र जोन म्यानसहित विदेश मन्त्रालयका अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ ।‘नेपाल डेस्क हेर्नेबाहेक अरु राजनीतिज्ञहरुलाई नेपालबारे त्यति थाहा नभएको पाएँ,' राणाले भने ।
kantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.