भारतको लोकसभाको बैठकमा नेपालमा गरिएको नाकाबन्दीले भारतको इमेज बिग्रिएको भन्र्दै छलफल


काठमाडौ‌ म‌सिर १३ -भारतले नेपालमाथि लगाउँदैआएको नाकाबन्दीको मुद्दालाई भारतीय लोकसभामा बहसमा ल्याउने नेतामध्येका अगुवा हुन्– भारतीय कम्युनिस्ट पार्टी ९मार्क्सवादी० का महासचिव सीताराम येचुरी । कान्तिपुर दैनिकमा समाचार छ ।

लोकसभाको विशेष परामर्श बैठकमा अघिल्लो शनिबार विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशंकरसहितका साउथ ब्लकका पदाधिकारीसामु येचुरीलगायत दर्जन भारतीय सांसदले नेपालसँगको चिसिँदो कूटनीतिक सम्बन्धबारे प्रश्न गरेका थिए ।

बैठकमा येचुरीसहित भारतीय कंग्रेसका डा।करण सिंह र शशी थरुर, भारतीय जनता पार्टीका शत्रुघ्न सिन्हा, कम्युनिस्ट पार्टी अफ इन्डियाका डी।राजा, कंग्रेस राष्ट्रवादीका डीपी त्रिपाठीलगायत थिए । ‘भारतले राष्ट्रियरअन्तर्राष्ट्रिय तहमा भन्दै आएको नेपालमाथि नाकाबन्दी गरिएको छैन भन्ने भनाइमा यचुरीले शनिबार दिल्लीमा आयोजित कम्युनिस्ट पार्टीको विचार गोष्ठीपछि भने, ‘नाकाबन्दी होइन भने नेपाली जनजीवन अस्तव्यस्त हुने गरी इन्धन, ग्यास, औषधिसहित दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको स्थितिलाई कसरी बुझ्न सकिन्छ भनेर चासो राखेका थियौं ।’

बैठकमा विदेशमन्त्री सुष्मा स्वराजले ‘प्रधानमन्त्रीसँग परामर्श गरेर फेरि संसदमा आएर जवाफ दिनेछु’ भनेको उनले बताए । उनले नाकाबन्दीले भारतको इमेज बिग्रिएको पनि बताए ।
etajakhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget