‘नाका थुनेर दानापानी बन्द गर्दा पनि सरकारले सुनेन’


बिराटनगर :  नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दानापानी बन्द गर्दा पनि सरकारले आफ्नो कुरा नसुनेको गुनासो गरेका छन् ।

मधेसी मोर्चाले आइतबार बिराटनगरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले नाकामा बसेर दानापानी थुन्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

‘४२ दिनसम्म आन्दोलन गर्दा पनि मधेसको समस्या समाधान गर्न सरकारले चासो दिएन’, महतोले भने, ‘आफूहरुले नाकामा बसेर ‘दानापानी नै बन्द’ गर्दा पनि हाम्रा माग सुनुवाई गर्न सरकारले चासो दिएको छैन ।’


उनले मधेसका माग सम्बोधन गर्न प्रमुख तीन दलका तीन नेता गम्भीर नभएको उनको आरोप लगाए ।

सभालाई सम्बोध गर्दै संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वार्ताबाटै सीमाङ्कन, निर्वाचन क्षेत्र निर्धारण र समानुपाति, समावेशी प्रतिनिधित्व हुनुपर्ने बताए ।

‘वार्ताले केही नगर्ने जस्तो भइसक्यो । सरकार टसको मस भएको छैन’, यादवले भने, ‘आन्दोलनबाट हामी पनि थाक्नेवाला छैनौं ।’

यादवले आफूहरुको आन्दोलन मधेसी, पिछडिएको समुदाय र जनजातिको अधिकारका लागि भएको बताए । नेपालको राष्ट्रियता खासगरी प्रमुख तीन समुदाय मधेशी, आर्यखस र जनजातिले टिकाएको यादवले बताए ।

मधेश प्रदेशमा आउनु पर्ने केही जिल्लाको विषयमा विवाद भएपनि त्यसलाई जनमत बुझेर टुंगो लगाउनु पर्ने उनले बताए ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले झापा, मोरङ र सुनसरीको सवाल पनि जनताको धारण बुझेर टुंगो लगाउनुपर्ने बताए ।

‘सीमाङ्कनको विवाद टुंगोमा नपुञ्जेल वार्ता पनि सफल हुनेवाला छैन’, उनले भने, ‘हाम्रो आन्दोलन पनि रोकिनेवाला छैन ।’
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget