१२ मंसिर, २०७२
‘अति भो’ भन्दै मोर्चा बिरूद्ध उत्रिए स्थानीय
रौतहट-मुख्य भन्सार नाका ठप्प पारेर धर्ना बसेका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले नेपाल भारत सीमाक्षेत्रको दशगजा क्षेत्रमा शनिबार पनि मोटरसाइकलमा आगजनी गरेका छन्।
बिहान १० बजेको समयमा भारतीय बजारबाट समान किनेर फर्किने क्रममा धर्ना बसेका मोर्चाका कार्यकर्ताले रौतहट बिश्रामपुर गाविस-६ का श्यामबाबु प्रसाद साहको ना२५प ५७३८ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन्।
बहिनीको बिवाहको सामान खरिद गर्न श्यामबाबु भारतको बैरगनिया बजार गएका थिए। उनले ल्याएको एक बोरा चामल, विवाहमा आउने पाहुना तथा जन्तीको भोज खुवान ल्याएको प्लाष्टिक गिलास, थाल सबै जलाएका हुन्।
'नेपाली बजार महिनौदेखी आन्दोलनले पूर्ण बन्द हुँदा समान पाउदैन' पीडित श्यामबाबुले नागरिकन्युजलाई भने 'बिवाहको सामान किनेर फर्कदै थिएँ दशगजा पुलमै १५–२० जनाले जवरजस्ती कुटपिट गर्दै आगो लगाए।'
आगजनीको कारण छेउमा राखिएको बि आर ०५ जे ०७१६ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा समेत आगो लागेको थियो। नजिकै रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेपछि आन्दोलनकारी भागेका र भारतीय नम्बरको मोटरसाइलमा लागेको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपि राजेन्द्र पोखरेलले बताए।
‘अति भो’ भन्दै उत्रिए अाक्रोशित स्थानीय
आगजनी पछि आक्रोशित स्थानीयले ‘अति भो’ भन्दै आनदोलरत मधेसी मोर्चाका कार्यकर्ताले बनाएको टेन्ट भत्काएका छन्। धर्ना बस्न बनाएको टेन्ट, बिच्छ्याउने र सुत्ने सिरक, डसना, दरी लगायतका वन्दोवस्तीका सामान आक्रोशित स्थानीयले नजिकै रहेको बरहवा तालको पानीमा फालिदिएका छन्। केहीबेर स्थानीय र मोर्चा कार्यकर्ताबीच तनाव भएको थियो।
आन्दोलनकारीले एम्बुलेन्स, औषधि, बिवाहको गाडीमा अवरोध नगर्ने निर्णय गरेपनि निर्णयको विपरितका गतिबिधि भएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। गाउँकै मान्छे मोर्चाको अान्दोलनबाट पीडित भएका भन्दै अान्दोलनकारीमाथि उनीहरू खनिएका थिए। मोर्चा कार्यकर्ता भागेपछि स्थानीय अगुवा नेताहरू अाएर स्थानीयको अाक्रोश शान्त पार्ने प्रयास गरेका थिए।
मोर्चा कार्यकर्ताले शुक्रबार साँझ गरुडास्थित फरवाड बैँकका कर्मचारी अमृत चौधरीको को८प ८७२६ नम्बरको मोटरसाइकलमा भारतको बैरगनिया बजारबाट पेट्रोल भरेर फर्किने क्रममा आगजनी गरेका थिए।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.