काठमाडौं, १२ मंसिर । पाकिस्तानी चासोलाई बेवास्था गर्दै भारतलाई परमाणु आपूर्तिकर्ताहरुको समूह (एनएसजी)को पूर्ण सदस्यता दिने स्थितिमा चीनले भीटो पावर प्रयोग गर्दै त्यसलाई रोक्ने धम्की दिएको छ । बेइजिङले भनेको छ, ‘यदी भारतलाई एनएसजीको स्थायी सदस्यता दिन खोजियो भने हामी पाकिस्तानी दावीको समर्थन गर्नेछौं ।’
पाकिस्तानी राष्ट्रपति ममनून हुसेनको हालै भएको बेइजिङ यात्राका दौरान चीनले पाकिस्तानलाई भारतको प्रवेश रोक्न भीटो पावर प्रयोग गर्नसमेत पछि नपर्ने आश्वासन दिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
चीनको यस्तो प्रतिक्रिया गुपचुपरुपमा एनएसजीको सदस्यता लिने भरतीय तयारीको खुलासा भएपछि आएको हो । सो रिपोर्टमा एनएसजीका अध्यक्षले भारतको भ्रमण गर्नसक्ने कुरा पनि उल्लेख थियो । भारतको यस्तो मनसाय रहेको सार्वजनिक भएपछि पाकिस्तानले पनि कुटनीतिक प्रयास तिब्र पारेको थियो ।
भारतलाई एनएसजीको सदस्यता दिन नहुने र यदि उसले पाउने भए आफूहरुले पनि पाउनुपर्ने पाकिस्तानको दावी छ । आफू पनि परमाणुलाई शान्तिपूर्ण रुपमा प्रयोग गर्ने नीतिको भरपुर सदुपयोग गर्नसक्ने अवस्थामा रहेको उसको जीकिर छ ।
चीन परमाणु आपूर्तिकर्ताहरुको समूह (एनएसजी)को पूर्ण सदस्य राष्ट्र हो । उसको साथमा भीटो पावर पनि छ । भीटो पावर यस्तो अधिकार हो जसले संगठनको जुनसुकै निर्णयलाई रोक्न सक्छ ।
भारतलाई गुपचुपरुपमा एनएसजीको सदस्यता दिँदा क्षेत्रीय शान्तिमा असर पर्ने पाकिस्तान र चीनको निष्कर्ष छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.