काठमाडौं – विहार चुनावमा सबैभन्दा बढी सिट जित्ने राष्ट्रीय जनता दल (आरजेडी) ले मधेसी जनताको ममिलामा चुप नबस्ने बताएको छ । लालू प्रसाद यादवको नेतृत्वमा रहेको पार्टी आरजेडीका उपाध्यक्ष रघुवंश प्रसाद सिंहले नेपालमा मधेसी जनतालाई समान नागरिकता दिलाउन नेपालको सीमावर्ती क्षेत्रमा गएर जनसमर्थन जुटाउन लाग्ने बताएका हुन् ।
भारतीय मिडिया न्युज २४ मा प्रकाशित समाचारका अुनसार सिंहले भारतको केन्द्र सरकार नेपाल नीतिमा असफल भएको बताउँदै नेपालको सीमा क्षेत्रमा रहेका सम्पूर्ण राज्यका मुख्यमन्त्रीहरुलाई यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न अपिल गर्ने समेत बताए । ‘नेपालमा नयाँ संविधान लागु गरिएको छ जसमा मधेसी जनतालाई दोस्रो दर्जाको नागरिक बनाइएको छ,’ सिंहले भने, ‘उनीहरुलाई समान नागरिकताको अधिकार दिइएको छैन ।’
उनले नेपाल भारत सम्बन्ध सुधार गर्नका लागि पनि पहल गर्ने बताएका छन् । सिंहले अनुसार नेपाल भारतबीच रोटी–बेटीको सम्बन्ध रहँदै आएको बताउँदै भारतका २० लाख छोराछोरीको नेपालमा विवाह भएको र ६० लाख नेपाली भारतमा बस्दै आएको दाबी गरे ।
उनले तराईका २२ जिल्लमा ५१ प्रतिशत नेपाली जनता बस्ने र पहाडमा ४९ प्रतिशत जनता बस्ने भए पनि पहाडी क्षेत्रमा १०० संसदीय क्षेत्र र मधेशमा ६५ क्षेत्र बनाइएको बताए । यसरी संविधानमा मधेसका जनतालाई दोस्रो दर्जाको नागरिक बनाएर राखेको बताए ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.