‘अब रेडियो, टिभी र मोबाइलबाट पढाउने’

काठमाडौँ, १३ मङ्सिर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकको परिस्थितिअनुरुप शैक्षिक पद्धति बदल्नुपर्ने र अब एफएम रेडियो, टिभी तथा मोबाइलबाट कक्षा दिइने बताउनुभएको छ ।
शिक्षा मन्त्रालय, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ) र एक्सन एडको आयोजनामा आजदेखि सुरु भएको ‘नेपालमा सार्वजनिक शिक्षा सुदृढिकरण’ सम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकमा भइरहेको बन्द,हडतालका कारण शैक्षिक सत्रमा निकै असर परेकाले कक्षामा मात्र सीमित नरही अब दूरशिक्षा प्रणालीअन्तर्गत पढाइ पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
सामान्य अवस्थामा २२० दिन विद्यालय खुल्नैपर्ने र १९० दिन पढाउनैपर्ने नियम रहे पनि अहिलेको अवस्था असामान्य भएकाले परिस्थितिअनुसार परिवर्तन गर्नुपरेको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो ।
‘नेपाली शिक्षा अन्तर्राष्ट्रिय शिक्षाको समकक्षी नहुनु, सार्वजनिक शिक्षाको स्तर खस्कनुजस्ता समस्या रहेको छ’ उहाँले भन्नुभयो–“शिक्षामा नयाँ नीतिको आवश्यकता छ, मैले पद बहालीलगत्तै प्रस्तुत गरेको अवधारणापत्रलाई ४५ दिनभित्र कार्ययोजनामा लैजाने छु ।”
मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले पाँच वर्षभित्र भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माण गर्न दातासँग सम्झौता भएको जानकारी दिनुभयो ।
शिक्षाकर्मी धनञ्जय अधिकारीले बालविकास केन्द्र (इसिडी) लाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा एक्सन एडका देशीय निर्देशक विमलकुमार फुयाँल, दिदीबहिनी संस्थाका अध्यक्ष सलोनी सिंह र एनसिइका अध्यक्ष राजकुमार गन्धर्वले सार्वजनिक शिक्षाको विकास नभएका मुलुकले प्रगति गर्न नसकेको उदाहरण दिनुभयो ।
सम्मेलनमा सार्वजनिक शिक्षाका विषयमा विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि टिप्पणी गरी सोमबार घोषणापत्र जारी गर्ने कार्यक्रम छ । रासस
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget