पाँच कक्षामा २ पटक र आठ कक्षामा ३ पटक फेल भएका व्यक्ति २० खरबका मालिक

५००० वर्ष पुरानो रुखको लिङ्ग परिवर्तन
संसारमा निकै सफल र प्रतिष्ठित व्यक्तिको बाल्यकाल र शिक्षाका विषयमा विश्वासै गर्न नसकिने समाचारहरु सार्वजनिक भैरहन्छन् ।  पाँच कक्षामा २ पटक र आठ कक्षामा ३ पटक फेल भएको व्यक्तिले भविष्यमा केहि गर्ला भनेर परिवार अनि समाजले कमै अपेक्षा राखेको हुन्छ ।

तर यस्तै अवस्थाबाट गुज्रिएका एक व्यक्ति आज २० खरबका मालिक मात्रै बनेनन् संसारका प्रतिष्ठित व्यक्तिमा समेत गनिएका छन् ।

तपाँइले अलिवावाको बारेमा त सुन्नु भएकै होला । विश्वकै अग्रणी इकमर्स कम्पनी अलिवावाका संस्थापक चिनका ज्याक मा जसको अहिलेको सम्पत्ति झण्डै २० खरब रुपैंया छ ।

तिनै ज्याक कुनै समय पाँच कक्षामा २ पटक र आठ कक्षामा ३ पटक फेल भएका थिए । त्यति मात्रै होइन उनलाई युनिभर्सिटीमा भर्नाका लागि १०औं पटक रिजेक्ट गरिएको थियो । जागीरका लागि उनलाई ३० पटक अयोग्य मानिएको थियो । तर तिनै व्यक्तिले स्थापना गरेको अलिवावा आज विश्वकै नम्बर १ इकमर्स कम्पनी बनेको छ ।

उनी भन्छन- ‘गल्तीनै ठुलो पाठहो जीवनमा ‘। ‘२० वर्षको उमेर सम्म अध्ययन गर्नुहोस अनि २५ वर्षको उमेर सम्म धेरै गल्ती गर्नुहोस,’ आफ्नो जीवनको अनुभव साट्ने क्रममा ज्याकले भने – ‘गल्ती सँग नभाग्नुहोस, हरेक गल्तीमा संभावना खोज्नुहोस ।’

३० वर्षको उमेरमा सानो कम्पनीबाट काम शुरु गर्नु राम्रो हुने ज्याकको भनाइ छ । सानो कम्पनीमा धेरै थरी काम गर्ने मौका मिल्छ भन्ने ज्याकको बुझाइ छ ।
everestdainik

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget