सम्पत्तिको नाममा दुईवटा पुराना मोबाइल टेलिफोन सेट मात्रै भएको दावी गरेका निवर्तमान प्रधानमन्त्री सुशील कोइराला करिब ७५ वटा मोबाइल टेलिफोन सेट लिएर गत बिहीबार स्वदेश फर्केका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै १७ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री कोइराला एक महिनाअघि अमेरिका प्रस्थान गरेका थिए । भ्रमणमा गएका १७ जनामध्ये बुहारी मृदुला कोइराला, भतिजा अतुल कोइराला, भान्जीबुहारी प्रभा शर्मा, सुरक्षागार्ड महेन्द्र मरासिनी र परराष्ट्र मामिला विज्ञ दिनेश भट्टराईसहितका ६ जना कांग्रेस सभापति कोइरालासँगै स्वदेश फर्केका छन् । बाँकी ११ जना कहिले फर्कने हुन् ? त्यसको टुंगो छैन । त्यही बसेका ११ जनामध्ये अधिकांश मृदुला कोइरालाका आफन्त रहेको बुझिएको छ ।
अमेरिका बसोबास गरेका एक वरिष्ठ पत्रकारका अनुसार तीन साता लामो बसाईका क्रममा सभापति कोइराला नेपालीहरुको बाक्लो बसोबास रहेको प्रायःजसो सबै ठाउँमा पुगेका थिए । नेपालीहरुसँगको भेटघाटका क्रममा उनी निकै खुलस्त रुपमा प्रस्तुत भएका थिए ।
२१ दिन लामो बसाईका क्रममा अमेरिकाका सांसदहरुलाई समेत भेट्ने मौका नपाएका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति कोइरालाको स्वागतमा विभिन्न राज्यमा रहेका नेपालीहरुले भव्य कार्यक्रमको आयोजना गरेका थिए । जसमध्ये नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा गरेको स्वागत कार्यक्रम निकै भव्य थियो । उक्त कार्यक्रममा सहभागी हुनेमध्ये केहीले उपहारस्वरुप मोबाइल टेलिफोन लगेका थिए ।
सम्पत्तिका नाममा जम्मा दुईवटा मोबाइल सेट रहेको र ती पनि पुराना भएको दावी कोइरालाले प्रधानमन्त्री रहेकै बेला गरेका थिए ।
आफ्नो देशको प्रधानमन्त्री तथा आफ्ना पार्टीका सभापतिको गतिलो मोबाइल टेलिफोनसमेत नभएको खबरले अमेरिकाबासी नेपालीहरु निकै चिन्तित भएका रहेछन् भन्ने कुरा स्वागत कार्यक्रममा अधिकांशले मोबाइल उपहार दिनुले प्रस्ट देखिएको छ । प्रायः सबैले खादा ओडाउँदै मोबाइल सेट प्रदान गर्दै गरे पनि पाँच सय डलर मूल्यको मोबाइल उपहार दिएका खगेन्द्र जिसीले भने केहीबेर आफ्नो भनाइसमेत राखे । तरुण साप्ताहिकमा खबर छ ।news24nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.