मनिष दुवाडी |
२०७२ मङ्शिर १३ आईतवार
धादिङ: धादिङको नलाङ गाउँ विकास समिति वडा नं ६ स्थित कालिदह नजिकै एकाविहानै अज्ञात समुहले मालबाहक ट्रकमा आगजनी गरेको छ ।
विप्लव माओवादीले आजको लागि बन्द आब्हान गरेपछी माओवादीकै कार्यकर्ताहरुले ट्रकमा आगजनी गरेको हुनसक्ने धादिङ प्रहरीले जनाएको छ ।
मलेखुवाट धादिङतर्फ आउँदै गरेको ना ४ ख ७१३० नम्वरको इट्टा बोकेको ट्रकलाइ कालिदह नजिकैकै मोडमा रोकर आगो लगाइएको घटनाका प्रत्यक्षदर्शीलाइ उदृत गर्दे जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
ट्रकमा आगजनी भएको भएको खवर पाउनसाथ आगो नियन्त्रणका लागि पुगेको नीलकण्ठ नगरपालिकाको दमकलमा खरावी आएपछि आगो तत्काल नियन्त्रणमा लिन नसेपछि ट्रक जलेर ध्वस्त भएको छ ।
आगो नियन्त्रणका लागि पुगेका एक प्रहरी जवानले ट्रकका यात्रुलाइ उदृत गर्दे भने, ‘३ जनाको समुहमा आएका नकावधारीहरुले गाडी रोकेर हामीलाइ पनि लैजान भने, गाडी रोकेर उनीहरुलाइ गाडीमा चढाउने वित्तिकै पेट्रोल छर्कन थालिहाले । हामी ओर्लेपछि गाडी ह्वारह्वारती बल्न थाल्यो ।’
आगजनी पछि गाडीको चालक र सहचालकहरु सम्पर्कमा नआएपनि ट्रक कलङकी स्थित सिजा सप्लायर्सको रहेको र ट्रकमा इट्टा रहेको प्रहरीले जानकारी दिएको छ ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.