मधेसीले अधिकार नपाउँदासम्म काठमाडौं फिर्ता नहुने बताउनुभएका सदभावना पार्टीका अध्यक्ष महतोले अधिकार माग्दा राष्ट्रघातिको आरोप लगाएकोमा चिन्ता जनाउनु भयो । ‘मधेसीले आफ्नो अधिकार माग्दा राष्ट्रघाति भन्नु गलत मानसिकता हो’, उहाँले भन्नुभयो, ‘अधिकार राज्यले दिनैपर्छ । अन्यथा आन्दोलन रोकिँदैन ।’
नाकाबन्दी भारतले नभइ आफूहरूले गरेको भन्दै अध्यक्ष महतोले भारतको बचाउ गर्नुभएको छ । उहाँले आफूहरूले अबरोध गर्न नसकेको सीमानाकाहरूबाट तेल, ग्यास र अन्य सामाग्री आइरहेको बताउनुभयो । ‘यो सरकार छिमेकी भारतको बद्नाम गर्न लागेको छ । भारतको बद्नाम गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘आफूले गर्न नसक्ने भारतलाई दोष दिन मिल्छ ?’
सरकारले जनतालाई राम्रोसँग दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन नसकेको आरोप उहाँले लगाउनुभयो । सरकार तस्करी र भ्रष्टाचारीको संरक्षणमा लागेर कमाउन सक्रिय रहेको महतोले उल्लेख गर्नुभयो ।
अध्यक्ष महतोले मधेसीहरूको आन्दोलनमा भारतको पनि समर्थन रहेको दोहराउनु भयो । ‘मधेसीको अधिकारको यो आन्दोलनमा भारतको पनि समर्थन छ’, उहाँले भन्नुभयो ।
मधेसीहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुपैठ गराएको उहाँले आरोप लगाउनुभयो । ‘यो सरकारले शान्तिपूर्ण मधेस आन्दोलन बद्नाम गराउन घुपैडियाहरूलाई घुसाएको छ’, अध्यक्ष महतोले भन्नुभयो, ‘आन्दोलन बद्नाम गराउन घुसपैठिया गराएको हामीसँग प्रमाण छ ।’ उहाँले आन्दोलन अझै पनि आफूहरूको नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ ।
राजधानी केन्द्रित खसबादी मिडियाले मधेस आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको सदभावना अध्यक्ष महतोको आक्रोश थियो ।
‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक प्रचार भएको छ ।’
मधेस आन्दोलन निष्कर्षमा नपुग्दासम्म राजधानी नफर्कने बताउनुभएका सद्भावना अध्यक्ष महतो तीन महिने आन्दोलनका क्रममा एक पटक मात्रै काठमाडौं आउनु भएको छ । दैनिकनेपाल ।।।.channelnp
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.