नेपालले पनि अब सीमा नाका कडाई गर्ने, चीनले दियो सहमति

धुन्चे (रसुवा), १२ मङ्सिर । आआफ्नो देशको नीतिनियम बमोजिम अवैध कारोबार पूर्ण रुपमा रोक्न नेपाल–चीनबीचको रसुवागढी नाकामा
जाँचलाई कडाइ पारिने भएको छ ।
रसुवा र केरुङका प्रशासकबीच आज केरुङमा भएको समन्वयात्मक बैठकमा अवैध व्यापार नियन्त्रणका लागि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था
मजबुत पारी जाँच कडाइ गर्ने सहमति भएको प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।
व्यापार सहजीकरणका लागि एकदिने प्रवेश अनुमति दिनका लागि केरुङ पक्षले छिटोभन्दा छिटो आफ्नो तालुक निकायसँग अनुमति माग्ने,
सीमाक्षेत्रमा आपराधिक क्रियाकलापसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने, भूकम्पपछि भत्केका सीमास्तम्भ पुनःनिर्माणका लागि
माथिल्लो निकायमा अनुरोध गर्ने र रसुवा र केरुङबीच मैत्रीपूर्ण सहरको अवधारणा लागू गर्ने सहमति भएको बताइएको छ ।
यस्तै अवैध वन्यजन्तुको अङ्ग ओसारपसार जस्ता क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गरी सीमा क्षेत्रको भूभागमा हुने आगलागी नियन्त्रण
तथा वन्यजन्तु, वन वनस्पति, जैविक विविधता संरक्षण गर्ने दुवै देशका प्रशासकबीच सहमति भएको प्रजिअ गेलालले बताउनुभयो ।
बैठकमा सुरक्षा निकायका प्रमुख, भन्सार, अध्यागमन, वन र राष्ट्रिय निकुञ्जलगायतबाट प्रतिनिधित्व भएको बताइएको छ ।
nepalisansars

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget