मोर्चाले कांग्रेस कार्यकर्तालाई पार्टीको झन्डा नबोकी आफूहरुको प्रदर्शनमा सहभागी हुन भनेकोमा कांग्रेसले र्याली नै स्थगित गरेको हो ।
मोर्चाको अवरोधकाबीच कांग्रेस कार्यकर्ता पार्टीको झन्डासहित पार्टी कार्यालय पुगेका थिए ।
त्यसपछि मधेसी मोर्चाका कार्यकर्ताले धनुषा कांग्रेसको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेपछि कांग्रेस नेताहरुले पत्रकार सम्मेलन गरेर कार्यक्रम स्थगित गरेको जनाएका हुन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले ‘१ सय दिनभन्दा बढी समयदेखि मधेस बन्द गरेर आन्दोलन गर्दा मौन बसेका कांग्रेसीहरु आन्दोलनलाई बिथोल्न समर्थनको नाउँमा नाटक गरेकाले नै आफूहरुले विरोध गरेको’ बताए ।
imagekhabar
Post a Comment