ज्योतिष भन्छन्- संविधान घोषणाको साइत नमिल्दा देश संकटमा फस्यो

काठमाडौं, १२ मंसिर । संविधानसभाले संविधान जारी गर्दाको समयमा नराम्रो ग्रह परेकोले यो नयाँ संविधानको आयुमै शंका रहेको ज्योतिष दीपक सुवेदीले बताएका छन् ।
ज्योतिष सुवेदीले शुक्रबार एक अन्तर्वार्ताका क्रममा संविधान घोषणा गर्दा राजनीतिक क्षेत्रले बुद्धि नपुर्याई गलत समयमा गरेको हुनाले संविधानलाई आधार मानेर गरिने अधिकांश कार्यहरू अनिश्चित हुने बताए ।
आफू मन्त्री, प्रधानमन्त्री हुनलाई ग्रहदशा हेराउने तथा शान्ति गर्ने नेताहरूले देश र जनताको भविष्यसँग सरोकार राख्ने संविधान जस्तो महत्वपूर्ण विषयलाई जारी गर्दा राम्रो ग्रह पारेर नगरी आत्मघात–राष्ट्रघात–जनघाततुल्य बलण्डर मिस्टेक गरेको सुवेदीले अन्तर्वार्तामा भनेका छन् । राजनीतिक क्षेत्रले कहिल्यै तीर्न नसक्ने ऋण लगाएको र अक्षम्य गल्ती गरेको उनको ठहर छ ।
समय समयमा राष्ट्रिय भविष्य वाणी गरेर चर्चामा आउने ज्योतिष सुवेदीले पहिलो संविधानसभा र तत्कालिन राजनीतिक संयन्त्रबाट निकास ननिस्कने तथा सो संविधानसभाबाट संविधान नआउने भविष्यवाणी समेत गरेका थिए । जून ठ्याक्कै मिलेको थियो । दोस्रो संविधानसभाबाट संविधान आउने भविष्यवाणी पनि उनले गरेका थिए । अहिले पनि अन्तर्वार्तामा उनले बताएको कुराले धेरैको ध्यानाकर्षण गरेको छ ।

संविधान घोषणा हुनेवित्तिकै नभनेर केही समय बेतित भइसकेपछि घटनाक्रमलाई हेरेर पो भन्नु भएको हो कि ? भन्ने प्रश्नमा उनले आफूले संविधान जारी हुनेबित्तिकै पनि अन्नपूर्ण पोष्ट र नेपाल समाचारपत्रलाई यसको बारेमा लेख दिएको तर, संविधानसभाबाटै घोषणा भएको संविधानको बारेमा अल्लि असहज कुरा भएकोले यसपटक आफ्नो लेख नछापेको ज्योतिष सुवेदीले बताए ।
बालारिष्ट अथवा बाल्यकालमै खड्को परेको मान्छेको जस्तो ग्रहमा यो संविधानको घोषणा भएको र यो धेरै टिक्न नसक्ने उनको जिकिर छ । संविधान घोषणा हुँदा ग्रह धेरै नराम्रो परेको र नराम्रो समयमा संविधान घोषणा भएकोले नै विद्यमान समस्या बढिरहेको उनको भनाइ छ । हुनपनि देशमा संविधान जारी भएपछि हर्ष, खुशी र उमङ्ग हुनपर्नेमा संविधानकै कारणले देशमा अशान्ति बढ्दै गएको छ ।
साँच्चै नै ज्योतिष दीपक सुवेदीले भने जस्तै नै संविधान असफल हुने हो भने नेपाल नै असफल हुने सहजै अनुमान गर्न सकिन्छ । दिनानु दिन समस्या समाधान हुनुको सट्टा झनभन्दा झन समस्या बढ्दै जानु र स्थिति बिग्रदै जानुले कतै सुवेदीले भनेजस्तै संविधान घोषणा हुँदाको ग्रहको नकारात्मक फलले नै पो प्रभाव गरेको हो कि भन्ने तर्फ पनि सोँच्न पर्ने हुन्छ कि !
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget