मोर्चाका नेता आएपछि विराटनगरमा कडा सुरक्षा

| २०७२ मङ्शिर १३
प्रतिकार हुन नदिन प्रहरीको विशेष निगरानी
विराटनगर : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु आएपछि विराटनगरको सुरक्षा व्यवस्था आइतबार विहानैदेखि कडा पारिएको छ । विराटनगरका सबै ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

विराटनगर–७ महावीर चौकमा मोर्चाले आयोजना गर्न लागेको विरोधसभालाई सम्बोधन गर्न नेताहरु शनिबारै विराटनगर आइपुगेका हुन् ।

सभालाई सम्बोधन गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्बेन्द्रनाथ शुक्ला, लिम्बुवानबादी नेता कुमार लिङ्देन र तराई मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव लगायतका नेताहरु विराटनगर आइपुगेका छन् ।

लामो समयदेखि आन्दोलन गरिहरेपनि सरकारले आफूहरुको माग पूरा नगरेर आन्दोलनलाई तुहानउका लागि विभिन्न षड्यन्त्र गरेको भन्दै त्यसको विरोधमा शीर्षस्थ नेताहरुको उपस्थितिमा महावीर चौकमा सभाको आयोजना गर्न लागिएको संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले बताए ।

उनका अनुसार दिउँसो १ बजेबाट हुने सभाका लागि मञ्च निर्माण गर्ने र गाउँ गाउँबाट कार्यकर्ता ल्याउने काम भइरहेको छ । सभामा उपस्थित हुन गाउँ गाउँबाट ट्याक्टर, ट्रक, मोटरसाइकल लगायतका सवारी साधन चढेर ठूलो संख्यामा मोर्चाका कार्यकर्ताहरु विराटनगर आइरहेको यादवले बताए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले मोर्चाले पूर्वघोषित कार्यक्रम अनुसारनै सभाको आयोजना गर्ने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

कार्यक्रमका बेला तथा कार्यक्रम हुनु भन्दा अगाडि र पछाडि कुनैपनि अप्रिय घटना नहोस भनेर सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

‘हामी इटहरीमा जस्तो घटना हुन नदिन सचेत छौं । त्यही भएर विराटनगरमा निगरानी बढाएका छौं’ डीएसपी खरेलले भने, ‘सभाका नाममा कुनैपनि उछृृङखल गतिविधी गर्नेलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाइन्छ । सभा विथोल्ने नाममा कुनैपनि समूह निस्किए नियन्त्रणमा लिइने छ ।’
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget