काठमाडाैं कात्तिक २९ । मोर्चाका नेताहरूले कांग्रेसले साँच्चै चाहेको के हो ? भन्ने प्रश्न राखेपछि कांग्रेसले आफ्नो आधिकारिक धारणा बनाउन आइतबार बिहान ९ बजे संसदीय दलको कार्यालयमा पदाधिकारी बैठक डाकेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
आन्दोलनरत मधेसी मोर्चाको मागबारे प्रस्ट धारणा बनाउन पदाधिकारीको बैठक बस्न लागेको कांग्रेसकी सचेतक ईश्वरी न्यौपानेले जानकारी दिइन् । ‘कांग्रेसको धारणा के हो भन्ने कुरा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो, यसपछि सरकारी पक्ष र आन्दोलनरत पक्षसँग छलफल प्रक्रिया अगाडि बढाइनेछ,’ न्यौपानेले भनिन् ।
etajakhaba
Post a Comment