आइएसका वरिष्ठ नेता मारिए

काठमाडौं, कार्तिक २९ । लिबियामा अमेरिकी आक्रमणमा इस्लामिक स्टेट बरिष्ठ नेता अबु नबील मारिएका छन् ।
इराक निबासी अबु नबील सुरुमा अलकायदमा आबद्ध थिए भने पछिल्लो समय आइएसका वरिष्ठ नेता बन्दै लिबियामा रहँदै आएका थिए ।
अमेरिकाले थालेको हवाई आक्रमणका क्रममा उनी मारिएको दाबी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको छ । सन् २०१५ मा लिबियामा इसाईहरुको शीर छेदन उनकै नेतृत्वमा भएको मानिन्छ ।
लिबियामा पछिल्लो समय आइएस कार्यकर्ता रहेको क्षेत्र पहिचान गरी अमेरिकाले आक्रमण तीब्र बनाउँदै आएको छ ।
यता पेन्टागनका प्रवक्ता पिटर कुकले अबु नबील मारिनु आइएसका लागि ठूलो धक्का भएको भन्दै अमेरिका आइएसबिरुद्ध हार नखाने प्रतिक्रिया दिएका छन् । लिबियामा चारबर्ष पहिले कर्नेल गद्दाफीको पतनपछि आईएस सक्रिय हुँदै आएको थियो । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget