प्रहरी नायब निरीक्षकमाथि कारबाही माग


फोटो :फाइल फोटो


सप्तरी: इलाका प्रहरी कार्यालय भारदहका प्रमुख एवम् प्रहरी नायब निरीक्षक सुरेन्द्र खैरवार यादवले स्थानीय बासिन्दा तथा सर्वसाधारण र पत्रकारमाथि अभद्र व्यवहार तथा प्रहरी आचारण विपरीत काम गर्ने गरेको गुनासो पाइएको छ।

विभिन्न कामले सो कार्यालयमा जाने सेवाग्राही तथा पीडितमाथि जथाभाबी बोल्ने र कार्य सम्पादन समयमा नगर्ने गरेको तथा आफूहरुलाई मधेसवादी आन्दोलनकारी भन्दै धम्काउने गरेको स्थानीयवासी रामकुमार शाहले बताएका छन्।


प्रमुख यादवले सर्वसाधारणमाथि मात्र होइन पत्रकारलाई समेत धम्काउने तथा टेलिफोनमा गाली गर्ने गरेको राजविराजका पत्रकार अरुण यादवले गुनासो रहेको छ।

पत्रकार यादवले आफूले पनि सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालको आदेश अनुसार प्रमुख यादवमार्फत काठमाडौँका लागि आवश्यक कागजात पठाउन जाँदा जथाभाबी गाली गरेको गुनासो गरेका छन् ।प्रहरी निरीक्षक यादवले आफू तनाबमा परेको बताउँदै कसैलाई दुर्व्यवहार भने नगरेको जिकिर गरे।

प्रहरी उपरीक्षक ढकाल समक्ष नेपाल पत्रकार महासङ्घका सप्तरीका कावा अध्यक्ष श्रवणकुमारदेव सहितको टोलीले यादवमाथि कारबाहीका लागि माग गरेका छन्। प्रहरी उपरीक्षक ढकालले पनि यादवलाई कारबाही गरी अनुशासनमा ल्याइने आश्वासन दिए। रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget