पाकिस्तानले अमेरिकालाई भन्यो- भारतले अति गर्न थाल्यो, के गर्ने ?

काठमाडौं, १ मंसिर । हाल अमेरिका भ्रमणमा रहेका पाकिस्तानका सेना प्रमुख(आर्मी चीफ जनरल) राहिल शरिफले भारतको कडा अलोचना गरेका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पाकिस्तान र नेपालको ‘भिलेन’का रुपमा परिभाषित समेत गरेका छन् । पाँच दिने भ्रमणका सिलसिलामा अमेरिका पुगेका जनरल चीफ शरिफले अमेरिका-पाकिस्तान उच्च अधिकारी बैठकमा पाकिस्तान र नेपालमा भारतका प्रधानमन्त्री मोदीले विभिन्न वहानाबाजी गरेर अशान्ति र आंतक मच्चाएको बताए ।
जनरल चीफ शरिफले बैठकमा नेपालभन्दा पनि पाकिस्तानको कुरा बढी उठाएका थिए । उनले मोदी सरकारका अधिकांश मन्त्रिहरुले जथाभावी बोलेर पाकिस्तानसँग निहुँ खोजेको बताए । ‘भारत पाकिस्तानबीच बढेको सीमा तनाव, बढ्दो दुरी र नेपालको नाकाबन्दीको मुख्य कारण नरेन्द्र मोदी नेतृत्वको सरकार पाकिस्तान र नेपालका लागि भिलेन जस्तै बनेको छ ।’ जनरल चीफ शरिफको भनाईलाई उद्धृत गर्दै भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ ।

बैठकमा पाकिस्तानले ‘यदि अमेरिका क्षेत्रीय स्थिरता चाहन्छ भने भारतलाई चलखेल नगरी शान्तसँग बस्न सम्झाउनुपर्छ’ भनेर अमेरिकी अधिकारीलाई भनेको छ । पाकिस्तानले सीमा क्षेत्रबाट भारतले आर्मी र एयरफोर्स नहटाएसम्म परमाणु हतियारका बारेमा सम्झौता नगर्ने अडान पनि अमेरिकासँग लिएको छ ।
जवाफमा अमेरिकी अधिकारीहरुले राष्ट्रपति बराक ओबामासँग छलफल गरी निर्णय लिने बताएका थिए । पाकिस्तानी जनरल चीफ शरिफले मोदी सरकारको आलोचनाका क्रममा नेपालमा लगाइएको नाकाबन्दीको पनि उदाहरण दिएको समाचारमा जनाइएको छ ।
दैनिक नेपाल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget