‘नेपालको नाकाबन्दीले भारत विश्वसामु नांगिँदै’

फोटो :रफत सञ्चार क्लबमा बोल्दै सचिव ज्ञवाली । तस्बिर : रफत सञ्चार क्लब


भक्तपुर : नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपालमा लगाएको अघोषित नाकाबन्दीले भारतको चरित्र विश्वसामु नांगिँदै गएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमा उनले द्वन्द्वका समयमासमेत रोक्न नमिल्ने अत्यावश्क बस्तुहरुमा लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यता बिपरित भएकाले भारतको चरित्र विश्वसामु नांगिँदै गएको बताए ।

भारतभित्र र विश्वभर भारतको नाकाबन्दीको तीब्र बिरोध बढ्दा पनि नरेन्द्र मोदी र भारतका केही राजनीतिज्ञहरुको अहमताका कारण तत्कालै नाकाबन्दी नखुल्ने ज्ञवालीको भनाइ थियो ।


सचिव ज्ञवालीले इन्धनको भन्दा पनि औषधिको निर्यात रोकेर भारतले पारवाहन सन्धिको उल्लंघन गर्दै अमानवीय व्यवहार प्रदर्शन गर्नु मानवताविरोधी क्रियाकलाप भएको टिप्पणी गरे ।

भारतले गरेको नाकाबन्दीपछि चीनसँग गर्न थालिएको इन्धनको सम्झौतामा आयल निगमको कम्जोरी, केही कर्मचारीको खराब नियत र केहीमा कार्यदक्षताको कमीले समेत सम्झौताले तीब्रता पाउन नसकेको उनको भनाइ थियो ।

‘चीनसँगको इन्धन सम्झौतामा बेइमानी गर्ने निगमका कर्मचारीलाई कारवाहीको दायरमा ल्याउने सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ’, उनले भने, ‘नेपाल सरकारले विभिन्न मुलुकबाट इन्धन आपूर्तिका लागि बिकल्प समेत खोजी रहेको छ ।’

इन्धनको अभावलाई मध्यनजर गर्दै सरकारले गरेको दाउरा वितरण दीर्घकालिन समस्या समाधानको उपाय नभए पनि यसले केही राहत दिने भएकाले सरकारले दाउरा बितरण प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

‘तराई आन्दोलनले तराईको भविष्य नै अन्धकारतर्फ धकेलेको उनले बताए । ‘यो कस्तो आन्दोलन हो ? जसले आफ्नै नागरिकको भविष्य अन्धकार पार्दैछ’, उनले भने, ‘नेपालीको समस्या नेपालीले नै समाधान गर्ने भएकाले वार्ताको माध्यमबाट तत्काल समस्याको सम्बोधन गर्न समेत मधेसी दलहरुलाई आग्रह गर्छु ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget