बेलायत र भारतको बक्तब्यमा नेपालले जनाएको आपत्ति चीनमा पनि हेडलाइन


३० कात्तिक, काठमाडौं ।

बेलायत र भारतले नेपालको संविधानबारे जारी गरेको संयुक्त वक्तव्यबारे नेपालले कडा प्रतिक्रिया जनाएपछि भारतमा मात्र नभएर चीनमा समेत यो विषयले प्राथमिकता पाएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयले नेपालले नेपालको शान्ति, स्थिरता र समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको समर्थन र सद्भावको सदैव सम्मान गर्ने तर संविधान जारी गर्ने कार्य नेपालको आन्तरिक मामिला भएका कारण यसमा अन्य देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएको थियो ।

नेपालका प्रधानमन्त्रीले भारतलाई गाली गरे चीनको प्रशंसा – भारतीय मिडिया



बेलायत र भारतको भनाइप्रति नेपालले आपत्ती जनाएको विषयमा चीनको सिन्हुवा समचार समितिले समेत हेडलाइन समाचार प्रकाशित गरेको छ । नेपालले आन्तरिक मामिला समाधान गर्न सक्षम रहेको बताएको भन्दै उक्त समाचारमा मोदी र डेबिड क्यामरुनले निकालेको संयुक्त विज्ञप्तिमा नेपालको संविधानको बारेमा बोलेको उल्लेख छ ।


भारतीय मिडियामा पनि यो विषयले प्राथमिकता पाएको छ । नेपालले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव दिएको भन्दै टाइम्स अफ इण्डिया लगायतका सबै सञ्चार माध्यमले हेडलाइन समाचार बनाएका छन् ।
headlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget