२०७२ कार्तिक १५ आईतवार
काठमाडौं: नेपाललाई नाकाबन्दी गरेर ठूलो भूल गरेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनी नेतृत्वको सरकारको विरोध गरेका छन् ।
ह्यासट्यागमा ट्वीट गर्दै उनीहरुले विरोध गरेका हुन् । असल छिमेकी राष्ट्र नेपाललाई नाकाबन्दी गर्दै पेट्रोलियम लगायतका सामग्री नेपाल लैजान नदिएको विरोधमा उनीहरुले मोदीको आलोचना गरेका छन्।
ह्यासट्याग भारतमा ट्रेन्डिङ भइरहेको छ । भारतको नाकाबन्दीले नेपालले चीनको सहयोग लिन वाध्य भएको भन्दै मोदी विदेश नितिमा नराम्रोसँग चुकेको उनीहरुले बताएका छन् ।annapurnapost
Post a Comment