चीनबाट पेट्रोल लिएर १२ वटै ट्याङ्कर भित्रिए
रसुवा, कार्तिक १५ । नेपाललाई चीन सरकारले दिएको अनुदानको पेट्रोलियम पदार्थ लिन चीनको केरुङ पुगेका ट्याङ्कर पेट्रोल लिएर नेपाल प्रवेश गरेका छन् ।
शनिबार साँझ तीनवटा ट्याङ्करमा २७ हजार लिटर पेट्रोल नेपाल भित्रिएको थियो भने आइतबार थप नौ वटा ट्याङ्कर पेट्रोल लिएर नेपाल भित्रिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
आयल निगमले ३ करोड ६४ लाख रुपैयाँ राजस्व बुझाएपछि ट्याङ्करहरु रसुवागढी भन्सार कार्यालयबाट काठमाडौंतर्फ लागेका हुन् ।
नेपाललाई दिर्घकालीन रुपमा पेट्रोल, ग्यांस र डिजेल उपलब्ध गराउने सम्बन्धित समझदारीपत्रमा दुई देशबीच बेइजिङ्मा गतसाता हस्ताक्षर भएपछि पहिलो चरणमा अनुदान सहायता अन्तर्गत पेट्रोल नेपाल भित्रिएको हो ।
ब्यापारिक समझदारी अनुसार नेपालको चीनबाट कूल मागको ३३ प्रतिशत ग्यांस, पेट्रोल, डिजेल, हवाई इन्धन लगायत आयात गर्न सक्नेछ ।imagekhabar
Post a Comment