पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक रेलमा बम विस्फोटन हुँदा त्यसमा परी चार यात्रुको मृत्यु भएको समाचार छ ।
सो बम विस्फोटनमा परी अन्य दश जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएको छ । रेलबे प्रवक्ता मक्बोल अहमदका अनुसार रावलपिन्डीतर्फ जान लागेको सो रेलमा आइतबार विहान सवेरै बम राखिएको थियो ।
सो शक्तिशाली बम विस्फोटबाट एक कार र रेलको पटरी क्षतिग्रस्त भएको जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
तर यस प्रकारको आक्रमणमा यस अघि पृथकतावादी समूहले जिम्मा लिदै आएका बताइएको छ । बलुचिस्तान प्रान्तमा बलुच पृथकतावादी समूहले स्वतन्त्र राज्यको माग गर्दै आन्दोलन गर्दै आएका छन ।nepaljapan
Post a Comment