अन्तर्राष्ट्रिय चेसमा सनसनी मच्चाउँदै नेपाली ठिटो

१ मंसिर, काठमाडौं । नेपाली पिता र रसियन आमाबाट जन्मेका २१ वषिर्य ठिटो अन्तर्राष्ट्रिय चेसका नयाँ सनसनी बनेर उदाएका छन् । केवल १४ वर्षको उमेरमै ग्राण्ड मास्टर बन्न सफल बेजोड प्रतिभाका धनी यी हुन् अनिस गिरी ।
उनले गत अक्टोबर ३० मा स्पेनको बिलवाओमा आयोजित प्रतिस्पर्धाका क्रममा पाँच पटकको विश्व विजेता विश्वनाथन आनन्दलाई हराइदिए । भारतीय खेलाडी आनन्दले आफू पराजित भएपछि नेपाली मूलका यूवा खेलाडीको खुलेर तारिफ गरेका थिए ।
लगातार चारपटक डच चेस च्याम्पियनसीपको उपाधी जितेको किर्तिमान राखेका गिरीले सन् २०१०, २०१२, २०१४ मा तीनपटक नेदरल्याण्डको प्रतिनिधित्व गरेका थिए । सात वर्षको बाल्यकालमै चेस खेल्न थालेका उनी छोटो समयमै उचाईमा पुगे ।
१४ वर्षको उमेरमा चेसको ग्राण्डमास्टर बन्दा गिरीले विश्वकै सबैभन्दा कम उमेरका ग्राण्ड मास्टरको रेकर्ड राखे । अहिले कम उमेरका ग्राण्ड मास्टरको सुचीमा १४ नम्बरमा धकेलिएका छन् । पहिले रसियन चेस महासंघमा आवद्ध रहेका गिरी अहिले डच चेस महासंघभित्र छ । रसिया र नेदरल्याण्ड्स दुवै देशका उनी सबैभन्दा कान्छा ग्राण्डमास्टर हुन् ।
उनलाई आफ्नो बाबुको मातृभाषा नेपालीसहित, अंग्रेजी, रसियन र डच भाषाको राम्रो ज्ञान छ । जापानी र जर्मन भाषामा समेत कामचलाउ बोल्न सक्छन् । उनले आफ्नो बाल्यकाल सेन्ट पिटर्सबर्गमा बिताएको थिए जहाँ उनको जन्म भएको थियो । त्यसपछि जापानको सापोरोमा बाँकी बाल्यकाल बित्यो । सन् २००८ मा परिवारसहित उनी नेदरल्याण्ड्समा बसाई सरे, जहाँ उनका पिता इन्जिनीयरको रुपमा कार्यरत छन् । दुई दिदीबहिनीसहित उनी आमाको रेखदेखमा हुर्किएका हुन् ।
गिरीले आफ्नै पेशाकी युवतीसँग विवाह गरेका छन् । जर्जियन चेस खेलाडी सोपिको गुरामिशभिलीसित गत १८ जूलाईमा उनको लगनगाँठो कसिएको हो । उनी सन् २००९ की महिला ग्राण्डमास्टर बिजेता हुन् ।
अनिसका पिता सञ्जय गिरीले नदी अनुसन्धानमा पिएचडी गरेका छन् र नेदुल्याण्ड्सको एउटा कम्पनीमा कार्यरत छन् । उस्तै पढेलेखेकी उनकी आमा भने गृहणी हुन् ।
साउथ एसिया डटकम डटएयुबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget