‘राजनीतिलाई कमाइ खाने भाँडो बनाउन हुँदैन’
तीन महिनादेखि जारी तराई मधेश आन्दोलनसंगै तस्करी र कालोबजारी मौलायो
तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधान कार्यान्वयनमा आउनसक्ने सबै खाले चुनौतीको सामना गर्न सिङ्गो देश अहिले एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सञ्चार माध्यममा संविधानसभा एवम् व्यवस्थापिका–संसद् क्षेत्रमा काम गर्ने समाचारदातालाई आफ्नो कार्यकाललाई सफल तुल्याउन पु¥याएको योगदानलाई धन्यवाद ज्ञापन गर्न सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “संविधानको प्रभावकारी ढङ्गबाट कार्यान्वयनको सुनिश्चित नभएसम्म प्रमुख दल एकताबद्ध भएर उभिनुपर्छ ।”
ज्न आन्दोलनको उपलब्धिका रूपमा संविधानसभाबाट सबै प्रक्रिया पु¥याएर दुई तिहाइभन्दा अत्यधिक बहुमतबाट जारी भएको संविधान कार्यान्वयन गर्ने बेलामा संयुक्त रूपमा जन आन्दोलन हाँकेका र संविधान जारी गरेका प्रमुख दल अहिले नै दुई कित्तामा उभिनु हुँदैनथ्यो भन्दै पूर्व सभामुख नेम्वाङले जुन अवस्थामा संविधान जारी गर्न सकियो त्यो निकै ठूलो उपलब्धि हो भन्नुभयो ।
“नेपाली जनताले ठूलो सङ्घर्षबाट प्राप्त गरेको संविधानको सफल कार्यान्वयनका लागि अहिले सबैको भूमिका महत्वपूर्ण रहनेछ” – उहाँले भन्नुभयो ।
राजनीति भनेको पेसा र व्यवसाय नभएकाले यसलाई कसैले पनि कमाइ खाने भाँडो बनाउन हुँदैन भन्नेमा आफू दृढ रहेको बताउँदै नेम्वाङले संविधानको कार्यान्वयन र जनताको हितमा काम गर्ने सन्दर्भमा आफू सम्बद्ध दलले दिने जुनसुकै जिम्मेवारी र भूमिकालाई बहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संविधान निर्माणका क्रममा सबैभन्दा बढी अनुभव र सुझाव छिमेकी मुलुक भारतबाट लिएको बताउँदै उहाँले मुलुकमा लोकतन्त्रका लागि भएको आन्दोलन र संविधान लेखन प्रक्रियालाई सफल तुल्याउन सञ्चार माध्यमले सकारात्मक र महत्वपूर्ण निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो । रासस
Post a Comment