मधेस आन्दोलन रोक्न युवा सङ्घले तराई क्षेत्रमा युवा परिचालन गर्ने

काठमाडौँ, १ मङ्सिर । युवा सङ्घ नेपालले मधेसमा भइरहेको आन्दोलन मधेस र मधेसी जनताको पक्षमा नरहेको तथा संविधान मधेसी जनताको पक्षमा रहेको जानकारी दिन तराई क्षेत्रमा युवा परिचालन गरी संवाद, वार्ता र छलफल चलाउने निर्णय गरेको छ ।
सङ्घका कार्यबाहक अध्यक्ष दिलु पन्तको अध्यक्षतामा आज केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नाकाबन्दीका कारण अहिले बजारमा भएको कृतिम अभाव तथा कालाबजारीलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै त्यस्ता व्यापारीको खोजी गरी सरकारलाई बुझाउने निर्णय गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
त्यस्तै नाकाबन्दीका कारण उत्पन्न भएको असहज अवस्थालाई सामना गर्दै संयम भएका जनताप्रति राष्ट्रियताको स्वाधीनताको पक्षमा उभिन आग्रह गर्दै सम्पूर्ण जनतालाई आवश्यक पर्ने इन्धन, औषधि, खाद्यान्नलगायत सामग्री आपूर्तिको वैकल्पिक व्यवस्था गर्नसमेत माग गरेको छ ।
बैठकले गएको शनिबार मोरङमा आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि विभिन्न सङ्घ संस्थाबाट भएको आक्रमणको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget