नाकाबन्दी र मधेस बन्दले भारदहका किसानको बिजोग

२०७२ कार्तिक २८ शनिबार
फोटो :भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा केरा बेच्न बसेका कृषक र उनीहरुका परिवार । तस्बिर : मनोहरकुमार


पाकेका केरा बारीमै कुहिन थाले
राजविराज : बन्द र नाकाबन्दीका कारण ढुवानी सेवा प्रभावित भएपछि सप्तरीको भारदहक्षेत्रका केरा उत्पादक किसान र व्यवसायी मर्कामा परेका छन् ।


तीन महिनादेखि सप्तरीदेखि पश्चिमका तराईका जिल्लामा भएको लगातार बन्दले उत्पादित केरा बजारसम्म निर्यात गर्न नसक्दा किसानहरू मर्कामा परेको केरा कृषक संघका अध्यक्ष बच्चालाल मण्डलले दुःखेसो पोखे ।

भारतले लगाएको नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव तथा मधेसी मोर्चाको बन्दले यातायात नचल्दा किसानले उत्पादन गरेका केरा बजारसम्म पुर्या‍उन नसकेपछि बारीमै कुहिन थालेका छन् ।

बन्दले उत्पादित केरा बजारसम्म पुर्या‍उन नसकिएको र आफ्ना उत्पादनहरू बारीमै कुहिन थालेको भारदह गाविस–७ का दिपेश कुमार यादवले गुनासो गरे ।

‘नजिकमा ठूलो बजार नभएकाले व्यापार हुँदैन’, उनले भने, ‘टाढा बजारसम्म पुर्याउन सवारी साधन चलेका छैनन् ।’

विगतका वर्षहरूमा यस क्षेत्रमा उत्पादन हुने केरा ठेकेदार व्यापारी इन्द्रदेव लौगीले खरिद गरी लैजान्थे तर यातायात नचलेदेखि उनी केरा लिन नआएको र केरा कुहिएर खेर गएको किसानहरूले बताए ।

नाकाबन्दी र बन्दका कारण केरा बाहिर निर्यात हुन नसकेपछि त्यसको प्रत्यक्ष असर किसानहरूलाई परेको छ ।

किसानले दुःख गरी उत्पादन गरेको करोडौं मूल्य बराबरको केरा निर्यात गर्न नपाएर खेतमै कुहिन थालेपछि सयौं किसानले ठूलो आर्थिक मार खेप्नु परेको छ ।

भारदह गाविस–७ का विनोद मण्डल, विष्णुदेव यादवलगायतकाले आफ्नो बारीमा लाखौं रुपियाँको केरा कुहिरहेको बताए । व्यवसायिक खेती गरिरहेका किसानहरुले महंगो मूल्यमा मलखाद् तथा किटनाशक औषधी प्रयोगमा धेरै खर्च हुने गरेको बताए ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट बेला–बेलामा आउने हात्तिको समूहले क्षति पुर्याई रहेको केरा खेतीमा गत भदौको पहिलो साता कोसीको पानी पसेपछि केरा बोट सुकेर थप क्षति व्योहोर्नुपरेको थियो ।

केराको बोट सुकेपनि पाकेका केरा काटेर बिक्री गर्ने बेलामा निरन्तरको बन्दले बिक्री वितरण नहुँदा पूर्व–पश्चिम राजमार्ग क्षेत्रअन्तर्गत सडकमै कम भाउमा बिक्री गर्नुपर्ने बाध्यता रहेको कृषक श्यामसुन्दर खड्काले बताए ।

‘बजार–पसल यातायात सबै बन्द छन्, मोटरसाईकलमा हिड्ने यात्रुले मुश्किलले एक–दुई दर्जन केरा खरीद गर्छन्’, केरा किसान शिव लौगीले बताए ।

भारदह गाविसका केरा उत्पादक किसान दिपेशकुमार यादवले आफूहरूले बजार अभावका कारण केरा प्रति दर्जन पाँचदेखि १० रुपैयाँसम्ममा बिक्री गर्नुपरेको बताए । ‘नबेचौँ त कुहिएर जान्छ, बेचौँ त दाम नै उठ्दैन’ उनले भने ।

भारदह गाविस–१ स्थित कोसी छेउको पलारमा करिब दुई हजार बिगाहामा लगाइने केरा यसअघि राजधानी काठमाडौं, पोखरा, नारायणघाट र पूर्वको इलामसहितका शहरमा निर्यात हु“दै आएको थियो ।annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget