मोदी र क्यामरुनले एकै स्वरमा भने– नेपालको संविधान समावेशी र दीगो भएन, नाकाबन्दी थाहा छैन



काठमाडौं, कात्तिक २८ । बेलायत भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायतका प्रधानमन्त्री डेभिड क्यामरूनले नेपालको संविधान दीगो र समावेशी नभएको आरोप लगाएका छन् ।


उनीहरुले विहिबार संयुक्त वक्तव्य प्रकाशन गरेर नेपालमा दीगो रुपमा संवैधानिक व्यवस्थापनको आवश्यकता रहेको उल्लेख गरेका हुन् । उनीहरुले भनेका छन्, ‘नेपालमा दीगो र समावेशी रुपमा संवैधानिक व्यवस्थापन होस् । जसले चासोका अरु विषय सम्बोधन गरी राजनीतिक स्थिरता र आर्थिक वृद्धी प्रवद्र्धन गरोस् ।’

यसरी भारतीय प्रधानमन्त्री मोदीले बेतायतका प्रधानमन्त्री क्यामरुनलाई नेपालको सन्दर्भमा आफ्नो चाहना अनुकुल ‘कन्भिन्स’ गर्न सफल भएका हुन् ।

यसअघि नरेन्द्र मोदी लण्डन पुग्दा बेलायतमा बसोबास गर्ने नेपालीहरुले मोदीको चर्को विरोध गरेका थिए । बिहिबार डाउनिङ स्ट्रिटबाट मोदी बाहिर निस्कदा नेपाली प्रदर्शनकारीहरुले उनी विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

नेपालमा अमानवीय ढंगले नाकाबन्दी गरेको भन्दै मोदीलाई यस्तो कदम तत्काल फिर्ता लिन आग्रह गरेका थिए । तर, दुई प्रधानमन्त्रीले संयुक्त रुपमा प्रकाशन गरेको वक्तव्यमा नाकाबन्दी शब्द नै उल्लेख भएको छैन् ।

बरु वक्तव्यमा नेपालमा राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई महत्वका साथ उठाइएको छ । भूकम्पपछिको पुननिर्माणको लागि छिटोभन्दा छिटो प्राधिकरणले काम सुरु गर्नुपर्ने दुई प्रधानमन्त्री मोदी र क्यामरुनले भनेका छन् ।


संयुक्त राष्ट्र संघले समेत अमानवीय भनेको भारतीय नाकाबन्दीलाई मोदीसँगको भेटपछि बेलायतका प्रधानमन्त्रीले समेत बेवास्ता गर्दै भारतकै स्वरमा स्वर मिलाएका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget