काठमाडौं– मधेसी मोर्चाले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै माग पुरा गर्न बिलम्ब भए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सहमतिको प्रयासस्वरुप प्रमुख विपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुबीच शनिबार सिंहदरबारमा भएको वार्ताका क्रममा मधेसी मोर्चाले यस्तो चेतावनी दिएको हो । मधेसी मोर्चाले सीमांकनप्रति असहमति राख्दै लामो समयदेखि तराई मधेसमा आन्दोलन गर्दै आएको छ । morcha congress
बैठकमा कांग्रेसले मधेश आन्दोलनका कारण जनजीवन अत्यन्तै कष्टकर भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चालाई आग्रह गरेको थियो ।
बैठकपछि तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुको मुख्य माग सीमांकन भएको भन्दै सो पुरा नभएसम्म आन्दोलन कायमै राख्ने जानकारी दिए ।
आजको वार्तामा मोर्चाले सीमांकनसहितको राजनीतिक मुद्दा प्याकेजमै समाधान गर्न माग समेत गरेको थियो ।
यस्तै कांग्रेसले भने आफूले दर्ता गराएको संसाधोन प्रस्तावमा मोर्चाको सहयोग माग गरेको थियो ।
जवाफमा समावेशी, समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा क्षेत्र निर्धारण सहित संसदमा दर्ता गराएको संशोधन प्रस्ताव सकारात्मक भएको भन्दै मोर्चाले सो प्रस्तावमा मधेशमा २ प्रदेश हुनुपर्ने संशोधन समेत थप गर्न माग गरेको यादवले जानकारी दिए ।
तर कांग्रेसले यस विषयमा एक्लै निर्णय लिन नसक्ने भन्दै अन्य दलहरुसँग परामर्श गरी जवाफ दिने बताएको थियो ।ratopati.
Post a Comment