जनकपुर, कार्तिक १६ । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच चाँडै वार्ता सम्पन्न गर्न दबाव दिने उद्देश्यले जनकपुरमा आज (सोमबार) खबरदारी जुलुस निकालिएको छ ।
जुलुसका सहभागिहरुले वार्तालाई चाँडै निष्कर्षमा पुर्याउन खबरदारी गरेका थिए ।
संयुक्त युवा संघर्ष समितिको आयोजनामा भएको जुलुस राम चोकबाट सुरु भई नगरको विभिन्न भागको परिक्रममा गरेको थियो ।
जुलुसका सहभागीहरुले मधेशीको अधिकार पूरा गराउन दबाव दिएका थिए । सोमबार 16 कार्तिक, 2072
Post a Comment