वीरगन्जमा ८ प्रहरी र १० प्रदर्शनकारी घाइते

काठमाडौं- वीरगन्जमा विभिन्न स्थानमा झडप हुँदा ८ सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन्। जसमध्ये ५ जनालाई रवरको गोली लागेको छ। वीरगन्जका भुलन सराफ, शिवजी साह, राहुल दास, रामराज मुखिया र एक जनाको परिचय खुल्न सकेको छैन।


भुलनको पिठ्यू र खुट्टा, शिवजीको टाउको, रामजीको खुट्टा र राहुलको हातमा रवरको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ।

त्यस्तै प्रहरीको लाठीबाठ वीगरन्जका रवि यादव, राकेश गुप्तालगायत प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्नकारीले चलाएको ढुंगा लागेर सशस्त्र र नेपाल प्रहरीतर्फ ८ जना सुरक्षाकर्मी घाइते भएका छन्।

गाउँगाउँबाट आएका प्रदर्शनकारीले वीरगन्जका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेका छन्।

-वीरगन्जबाट उपेन्द्र यादवको सहयोगमा
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget