वीरगंज घटनाको विरोधमा रौतहटका युवाहरु आक्रोशित भएका छन् । जिल्ला सदरमुकाम गौरमा आक्रोेशित युवाहरुले फट्टा जुलुस निकालेका छन् । ठूलो संख्यामा युवाहरु सडकमा ओर्लिएका छन् ।
यसैबीच मधेशी मोर्चाले मधेशभरी आन्दोलन सशक्त बनाउने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सदरमुकाम भैरहवामा निषेधित क्षेत्र घोषणा गरेको छ । सोमबार साँझ ६ बजेदेखि कार्तिक २० गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताएका छन् ।
Post a Comment