काठमाडौं – नयाँ शक्तिको अभियानमा जुटन भन्दै पार्टी मुख्यालयमा असहमति पत्र बुझाएर पार्टीबाट बाहिर निस्केका देवेन्द्र पौडेलले प्रचण्डलाई सतर्क रहन सुझाव दिएका छन् । सोमवार विहान फेसवुकमा स्टाट्स लेख्दै पौडेलले प्रचण्डको नाम भजाएर आफ्नै सहकर्मीलाई अपमान गर्नेसँग सर्तक रहन प्रचण्डलाई सुझाव दिएका हुन् ।
पौडेलले लेखका छन्, ‘ प्रचण्डजी तपाई सरकार परिचालन गर्ने उच्चस्तरिय संयन्त्रको संयोजक हुनु भएकोले अल्झिएको देशलाई निकास दिनु होला । हाम्रो पूर्ण सहयोग हुनेछ । हामी जँहा छौ, जे गर्दै छौ र पनि झन्डै तिन दशकतपाईहरुलाई सहयोग नै गरेका हौ र भविष्यमा पनि राम्रो कामको लागी सहयोग नै रहनेछ । नयाँ शक्ति निमार्ण अभियान कसैको ब्यक्तिगत बिरोध एवं आरोप प्रत्यारोपको लागी होईन देशको बिकल्पका लागी हो । बरु एउटा सुझाब छ तपाईको नामभजाएर आफ्नै सहकर्मीहरु लाई अपमान गर्ने प्रवृतिवाट सर्तक रहनु होला ।’
Post a Comment